
पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वार्षिकोत्सव पुस १९ गते हुने
१८ पुष २०७५, बुधबार १६:५६
पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वार्षिकोत्सव एवम् रजत महोत्सव यहि पुस १९ गते हुने भएको छ । वार्षिकोत्सव तथा रजत महोत्सवको दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा दिर्घ सेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव, स्मारीकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायतका कार्यक्रम हुने तय भएको उपकुलपति प्रा।डा घनश्यामलाल दासले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयले विशेषगरी गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य राखेर एमबिबिएस शैक्षिक कार्यक्रमलाई अगाडि बढाएको पनि बताइएको छ । साथै, आंगिक क्याम्पसको पनि विकास गर्दै लैजाने लक्ष्य राखिएको छ । हाल ९ आंगिक क्याम्पसको विकास एवं सम्वन्धनमा विश्वविद्यालय अग्रसर छ । यस विश्वविद्यालयलाई सरकारले ८०५ विघा वनको जग्गा उपलब्ध गराएको छ ।
विश्वविद्यालयले रजत जयन्तीको अवसरमा ६ संकाय अन्तर्गत ८० व्यावसायिक र प्राविधिक विषयका कार्यक्रम सञ्चालन भइरहेको छ । हालसम्म १ सय २१ सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि भिन्न कार्यक्रमहरू संचालन गर्ने योजना रहेको उपकुलपति दासले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग