Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार
subekshya khadka

रणवीर नै किन रोजिन त सुबेक्षाले ?

१८ पुष २०७५, बुधबार १९:५१


पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठ, अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिएकी छिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल प्राप्त गरेकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ‘रणवीर’ मार्फत डेब्यु गर्दै छिन । नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल आएको थियो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरेकी थिइनन् उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् ।

गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुदैछ ।

सुबेक्षा खड्का: मलाइ फिल्ममा आउँन मन नलागेको त होइन तर खोजिएको जस्तो फिल्म अफर आएँन । म मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै मलाइ अफर राम्रै आएको थियो मैले धेरै मान्छेलाई पनि भेटँे । तर मलाइ चित्त बुझेन । मलाइ पहिले देखि नै फिल्ममा आउने ईच्छा थियो र मसँग काम गर्ने साथीसंगी सर्कलले पनि मलाइ भन्नु हुन्थ्यो तर सहि समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिम पनि चित्त बुझ्यो । यसैले यो फिल्म गरेकी हु ।

गोमा बिष्ट थापा: हामीले फ्रेस अनुहार खोजि रहेका थियौ, जस क्रममा सुबेक्षालाई भेट्यौ । उनलाई भेटेपछी सुनिएको कुरा लागत लाग्यो । उनले फिल्म नगर्ने भन्दा पनि राम्रो स्टोरी र टिम नपाएकी रहिछिन् । हामीले कथा सुनायौँ, पढ्न पनि दियौ । उनले फिल्म गर्छु भनेपछि काम सुरु भयो । एउटा सम्भावना बोकेको प्रतिभाको रुपमा पाए मैले सुबेक्षालाई ।
सुबेक्षा खड्का सुबेक्षा खड्का सुबेक्षा खड्का

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई