Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार
shiva ji

शिव किन पशुपति हुन् ?

१९ पुष २०७५, बिहीबार ०५:४५


इतिहास भन्दा पुरानो अनि अध्यात्मिक शक्तिको पावन तपोभूमि, श्लेषमान्तक वनको कन्दरा अनि बिरुपाक्षको रक्षाथलो पुशपतिको चारैतर्फ जयजयकार छ । शिवको यस स्वरुपलाई पशुपति किन भनिन्छ भन्ने बिषयमा आज केहि कुरा गरौं ।

शिवका अनेककौँ नामहरु मध्ये अत्यन्त लोकप्रिय अनि सुन्दर नाम हो पशुपति । यसको शाब्दिक अर्थ हुन्छ समग्र पशुका मालिक, यस पशुपति नाम आँफैमा एउटा अध्याय हो जसमा बिश्वका सम्पूर्ण प्राणीहरुका मालिक, प्राणका धारणकर्ता अनि पालनहार पशुपति अर्थात भगवान शिवको स्वरुपमा सम्बोधन गरिएको छ । यहाँनेर थोरै बेदलाई जोड्न चाहेँ, बेदमा पुश भन्नाले त्यस प्राणी जसले आफ्नो बाहिरको कुराहरुलाई जोड दिएर हेर्दछ भन्ने बुझिन्छ ।

आफूभित्र भन्दा धेरै बाहिरका कुराहरुमा केन्द्रित अनि त्यसै अनुरुप धारणा निर्धारण गर्ने प्राणी नै पशुपति हो । यस अर्थमा आफू भित्र पनि हेरेर आफ्नो भित्रका ज्ञान, समर्पण, भक्ति अनि सत्यतासंग साक्षातकार गर्ने प्राणी आँफैमा पशुपति हो, अर्थात सम्पूर्ण पशुको स्वामी र यस स्थान भगवान शिवलाई दिइएको छ ।

स्म्रण रहोस्, भगवान शिवजी नियन्त्रण र सन्तुलनका शक्ती हुन् । उनीसंग सर्वाधिक शक्ती छ तथापि पनि उनी निकै सरल अनि सहज छन्, उनी सबैका पालनहार हुन् तैपनि शिव सधैं तपस्यामा लीन रहन्छन् । उनी हरेक कुराका दाता हुन तैपनि कठिन कार्यमा लागेका हुन्छन् । आफूमा नियन्त्रण अनि सन्तुलनको सर्वश्रृष्ठ दृष्टान्त नै भगवान शिव हुन् । शिव तसर्थ ति मात्र हैनन् जो केवल नशामा लीन भनेर बुझिन्छ, शिव त ती हुन् जसले बिष पिएर निलकण्ठ बनेर गोसाँईकुण्डमा पीडा सहन गरेर बसिदिए । शिवको यो नियन्त्रण र सन्तुलनको एउटा मात्र पक्षलाई अवलम्बन गरेर शिवमार्ग लाई नशासंग जोडिनु चाँही लज्जास्पद हो ।

शिव प्रकृतीका ती अवयवहरु हुन् जसको कुनै निश्चित समिकरण हुँदैन् । झरेको पानीका थोपाहरु आकाशवाट जमिनमा खस्दा थोपाथोपाका आवाजहरुको कुनै निश्चय गरिएको समिकरण हुँदैन् ।

शिवले एउटा कुशल नेतृत्वकर्ताका रुपमा हरेक पाठ अनि ज्ञानहरु मौखिक नभई आफ्नो कार्यले दिएका हुन्छन् । पशुपति अर्थात हामी सबैका मालिक, पालनहार अनि पिता । हामी तिनैवाट उत्पन्न भएका शक्तिका पुञ्ज हौं, शिव शक्ति हुन अनि शिव करुणा पनि हुन् । शिव शुरु हुन र अन्त्य पनि शिव हुन् ।

जय शिव शम्भो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा