
पेट्रोलियम पदार्थको मुल्य घट्यो
१८ पुष २०७५, बुधबार २०:५५
बुधवार राती १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । यससँगै, अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको जनाइएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत कायम गरिएको छ । हाल कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।
मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ । विगतका केही महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको कुरा आयल निगमका प्रवक्त वीरेन्द्र गोएतले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको विगतमा केही महिनाको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउँदा अझै करीब २ अर्ब ३७ करोड रुपैयाँ घाटा पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । बुधवार देखि कायम गरिने मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनमा निगमलाई नाफा भएपनि एलपी ग्यासमा प्रति सिलिण्डर ८० रुपैयाँ ७९ पैसा घाटा रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा