
मोबाइल फोनको कारणले हुन सक्छन् निम्न दुखाईहरु
१९ पुष २०७५, बिहीबार १३:०४
लोकप्रिय
मोवाइल फोन हाम्रो जिवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ । मोवाइल फोनको प्रयोगले दैनिक जिवनमा धेरै सहजता पनि भएको छ । हाम्रो दिनको शूरुवात देखि दिनको समाप्ती पनि यहि मोवाइललाई हेरेरै हुन्छ । मोबाइल फोनको अत्यधिक प्रयोगले हाम्रो स्वास्थ्यमा विभिनन समस्या पनि देखिएको पाईन्छ । हाम्रो शरिरमा हुने विभिन्न दुखाईको कारण यहि मोवाइल फोन पनि हुन सक्छ ।
१) औलाको दुखाई
लामो समयसम्म फोनको प्रयोग गर्नाले औलाको दुखाईको कारण हुन सक्छ । जसले औलाको दुखाई सँगै अन्य औला सम्बन्धि समस्या पनि बढ्न सक्छ ।
२)घाँटीको दुखाई
फोनको प्रयोग गर्नाले तपाईको घाँटीको दुखाई हुन स्वभाविक हो । लामो समयसम्म घाँटीलाई जोर पर्ने गरी एउटै अवस्थामा फोन राख्नु हानिकारक हुन सक्छ ।
३) आँखाको दुखाई
लामो समयसम्म फोनको प्रयोग गर्नाले आँखाको दुखाई, आँखा पोल्ने तथा अन्य आँखासँग सम्बन्धित समस्याहरु देखा पर्दछन् ।
४) ढाडको दुखाई
लगातार बसेर फोन चलाउनाले तपाईको ढाडमा दुखाई हुन सक्छ । त्यसैले एउटै ठाँउमा लामो समय बसेर फोनको प्रयोग गर्नु हुदैन ।
५) काँधको दुखाई
फोनलाई हातमा लिएर लामो समयसम्म प्रयोग गर्नाले तपाईको काँधमा दुखाई हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका
सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता
काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ