
डढेको भाँडा सफा गर्ने घरेलु तरिकाहरु
१९ पुष २०७५, बिहीबार ११:११
तपाई हामी सबैको घरमा भाडाकुँडाहरु डढेको हुन्छन् । प्राय खाना पकाउदै गर्दा अधिक तातोले भाँडाहरु डढने गर्दछ । जलेको भाँडालाई सफा गर्न निकै कठिन हुन्छ साथै धेरै बल पनि लगाउनु पर्छ तरपनि राम्रोसँग सफा हुदैन । आउनुहोस, आज केही घरेलु उपायहरुको बारेमा चर्चा गरौ जसको प्रयोगले कम समयमै जलेको भाँडाहरु सफा गर्न सकिन्छ ।
१) बेकिङ्ग सोडा
जलेको भाँडामा एक चम्चा बेकिङ्ग सोडा र दुई चम्चा कागतीको रस र दुई कप तातो पानी राख्ने । त्यसपश्चात स्टीलको स्क्रबरले भाँडालाई घोट्नुहोस यस तरिकाले तपाईको भाँडा फेरी नयाँ जस्तै देखिन्छ ।
२) कागतिको रस
काचो कागतिलाई जलेको भाँडामा घोटेर तातो पानी राखी ब्रशले सफा गर्नु भयो भने जलेको भाँडा सफा हुन्छ ।
३) नुन
जलेको भाँडामा नुन र पानी राखेर करिब ५ मिनेटसम्म पानी उमाली भाँडालाई ब्रशले घोटेर धुदा पनि जलेको भाँडा सफा हुन्छ ।
४) गोलभेडाको रस
जलेको भाँडामा गोलभेडाको रस र पानी मिलाएर तताउनुहोस त्यसपछि उक्त भाँडालाई घोटेर सफा गर्नुहोस । यसो गर्नाले सजिलै जलेको भाँडा सफा हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले