Swami vivekanada

चुनौतीहरुमा अवसर लुकेका हुन्छन् : स्वामी विवेकानन्द


हामीमध्ये धेरै यो चाहान्छौ कि हामीले राखेको लक्ष्य हामी सजिलै हासिल गर्न सकौ । हामी कुनै पनि काम पुरा गर्नको लागि सजिलो र कठिन बिकल्पहरु मध्ये सहज बिकल्प नै छनोट गर्दछौ । सजिलो तरिकाबाट भएको कार्यले हामीलाई तत्कालको लागि संतुष्टि त दिन्छ, तर हामीमा सहजताको बानी बसेको हुन्छ जसले गर्दा ठुलो ठुलो चुनौतिहरुमा समेत त्यही सहज बाटो खोज्ने गर्दछौ । जब यी तरिकाबाट हामीले सफलता प्राप्त गर्न सक्दैनौ तब साना र गैर महत्वपुर्ण कुराहरुमै सन्तृष्टि खोज्न थाल्दछौ ।

मानव जिन्दगी निकै सुन्दर छ, जसले हरेक परिस्थितमा हामीलाई विभिन्न बिकल्पहरु छान्ने स्वतन्त्रता दिन्छ । जिन्दगीको यात्रामा अघि बढ्दै जाने सबैको चाहना रहेको हुन्छ, तर बिकल्पहरु छान्ने क्रममा आफना मुल्य मान्यता अनुसार अघि बढ्ने कि अवस्थाको सिकार भई बिना बहनाको डुङ्गा जस्तो दिशाविहन भएर बहने भन्ने रहन्छ । परिस्थितिलाई छान्ने हाम्रो हातमा हुदैन, तर कुन कदम उठाउने भन्ने निर्णय हाम्रो हातमा नै हुने गर्दछ ।

मानब आफ्नो बुद्धिले आफ्ना कयौ प्रकारका बिकल्पहरु मध्येबाट उत्म बिकल्पको छनोट गर्दछ,जसको कल्पना गरेको हुन्छ । कहिले काही हामी यस्ता काम गर्न बिवश हुन्छौ, जुन कार्यको कुनै औचित्य हामीलाई थाहा हुदैन । त्यसैले यसलाई हामी बिवशताको नाम दिन्छौ र यसप्रकारको अवस्थामा गरिएको कार्यहरुको न त राम्रो सम्पादन नै हुन्छ, न त उचित नतिजाको कल्पना नै गर्न सकिन्छ ।
स्वामी विवेकानन्दले भन्नु भएको यो “विश्व एउटा व्यायामशाला हो,जहाँ हामी आफुलाई मजबुत बनाउनको लागि आँउछौ” । संसारमा रहेर यदि हामी कबेल इच्छाइएको कुराहरु मात्र गर्न खोज्छौ भने हामीलाई यो लाग्ने छ कि हामीले जुन अपेक्षा राखेको थियौ त्यस अनुसारको सामथ्र्य हामीले आर्जन गरेकै हुदैनौं । यसको लागि सबैभन्दा पहिले जरुरी हुन्छ शक्ति को । चुनौतिले शक्तिलाई सिर्जना गर्दछ र हामी लगातार मजबुद बनाउन प्रयास गर्छ र प्रेरणा समेत दिन्छ । विवेकानन्द भन्नु हुन्छ, बल नै जिवन हो र कमजोरी मृत्यु । चुनौतिको सामना तबमात्र गर्न सकिन्छ जब हामी जीवनको लागि चुनौतिलाई सार्थकता पूर्वक स्विकार्नु पर्छ ।

शान्ति भएको अवस्थामा पनि सेनाले युद्धको अभ्यास गरिरहेको हुन्छ, भविष्यमा युद्धको संभावना होस वा नहोस । यसै प्रकारले यदि एक पुर्ण रुपमा स्वस्थ व्यक्ति पनि नियमित रुपमा कसरत गर्नुपर्छ, जसले आपतकालिन अवस्थामा प्रतिरोध गर्नको लागि क्षमता कायम रहन्छ । चुनौति ठुला तथा महत्वकांक्षी लक्ष्यको प्राप्त गर्नको लागि हरपल तैयार गर्दछ । आज जुन चुनौतिको हामी सामना गर्नेछौ , ती धेरै अवसर पश्चात हामीलई प्राप्त हुन्छन् जसले विभिन्न अवसरको बाटा हरु खोल्दछ । जो व्यक्ति अवसर पाइन भनेर गुनासो गरिरहन्छन् , त्यस्ता व्यक्तिलाई अवसरको प्रतिक्षा गर्नु पर्दछ । बर्तमान चुनौतिलाई स्विकार गरेर कार्य गर्न व्यक्तिको जीवनमा अवसर स्वयंम उत्पन्न हुन थाल्दछ । भन्ने गरिन्छ कि जीवनमा केही पनि व्यर्थ हुदैन । जीवनमा केबल यहि कार्यहरु मात्र गर्नुपर्छ भन्ने हुदैन जुन तपाईको मनले चाहान्छ । आइपरेका सबै कार्यहरुलाई समान मानी समाधान गर्ने मानवले मात्र उचाईलाई छुन सक्छ ।


Loading comments...