Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
maghe sakranti

मकर सक्रान्ती र ढुङ्गेसाँघुको मेला

१ माघ २०७५, मंगलवार ०५:००

लोकप्रिय

अर्जुन भण्डारी
अर्जुन भण्डारी

विभिन्न चालचलन, रितिरिवाज तथा संस्कृतिमा धनि देश नेपालमा सिजन सुहाउँदो चाडपर्वहरु रहेका छन । एक दिन, दुई दिन, कुनै पाँच तथा पन्ध्र दिन सम्मका पर्वहरुका आ-आफ्नै छुट्टै विश्षताहरु रहेका छन । तिनै विविध पर्वहरुले नेपाली संस्कृतिलाइ शोभायमान बनाएका छन ।

आजको माघे सक्रान्तीको पनि छुट्टै विशेषता रहेको छ । माघे सक्रान्तीलाइ मकर सक्रान्ती, माघी, तिलुवा सक्रान्ती, चेलित्यार जस्ता आफ्नै संस्कृति अनुसारका शब्दले सम्बोधन गरिएको पाइन्छ ।

ज्योतिष शास्त्र अनुशार आजदेखि धनु राशीमा भएको शुर्यले आफ्नो स्थान परिर्वतन गरी मकर राशीमा प्रवेश गर्दछ भन्ने विश्वास गरिन्छ । आजको यस दिन देखि माघ स्नान प्रारम्भ हुन्छ । यसै आजको दिनमा नदि तथा जलाशयमा स्नान गर्नाले मनोरथ पुर्ण हुने कुरामा विश्वास गरिन्छ । यसै सन्दर्भमा एक बाँदर यहि दिन सुर्य अस्ताउन भन्दा अगावै नदिमा स्नान गरी एक अति सुन्दर स्त्री भएको कथा पनि सुन्न पाइन्छ । मकर सक्रान्तीको दिनमा स्नान गरी घ्यु, चाकु, तिलको लड्डु, सागपात, बस्त्र, पानीको भाँडो, भुड्को जस्ता सामाग्रीहरुको दान गर्नाले हजारौँ गुणा दान गरे बराबरको पुण्य मिल्ने कुरामा विश्वास गरिन्छ । यस समयमा नदिको पानी अन्य समयमा भन्दा अधिक शुद्ध हुने र उक्त पानीमा स्नान गर्नाले छालाको रोग सम्बन्धी समस्याहरु पनि निर्मुल हुने कुरामा पनि विश्वास गरिन्छ ।

मकर स्नान
मकर स्नान
तिलको लड्डु तथा तरुल सखरखण्ड
तिलको लड्डु तथा तरुल सखरखण्ड
तिलको लड्डु तथा तरुल सखरखण्ड
तरुल सखरखण्ड

यस दिनलाई तरुल, सखर खण्ड, खुदो चिउरा, तिलको लड्डु, भुजाको लड्डु जस्ता खानेकुराहरु खाने दिनको रुपमा पनि चिनिन्छ । जस्लाइ अघिल्लै पुसको अन्तिम दिनमा पकाइएको हुन्छ । त्यसैले यसलाइ ‘पुसको पाक्य माघको खाक्य’ भनेर सम्बोधन पनि गरिन्छ । आजको दिन देखि जाडो कम हुने कुरामा पनि विश्वास गरिन्छ ।

फुर्सद र जाडोको समयमा न्यानो खानेकुराको साथसाथै आफन्तहरुको भेटघाट हुने यस पर्वका लागि भनेर तरुल, सखरखण्ड, पिणालु जस्ता खाद्य बस्तुहरु खोज्नका लागि कुटो, कोदालो बोकी बारीको काँला, छेउछाउ तथा बन जंगलतिर मानिसहरुको चहलपहल पनि देख्न पाइन्छ ।

यस पर्वको अवसरमा पोखराको ढुङ्गेसाँघु, नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालिगण्डकीको किनार, पर्वतको सेतिबेनी, काठमाण्डौको शंखमुल, झापाको कन्काई तथा भारतको गंगासागर, नदिसागर जस्ता पवित्र तिर्थ स्थलहरुमा स्नान गर्नेहरुको विशेष घुँइचो लाग्ने गर्दछ भने यसै उपलक्ष्यमा मेलाको पनि आयोजना गरिन्छ ।

देशका सवै स्थानका विभिन्न जात जाति तथा समुदायले यस पर्वलाइ आफ्नै चलन अनुसार मनाउने गर्दछन । त्यसैले यस दिनका लागि नेपाल सरकारले देशै भरी सरकारी विदा दिने गरेको छ ।

नेपालमा विभिन्न तरिकाले मनाइने यो पर्व थारुहरुले माघी पर्वको रुपमा मनाउने गर्दछन । पुसको अघिल्लो दिन मै उनीहरु सुँगुर काट्ने, माछा मार्ने अनि रातभर गीत गाउने नाचगान गर्ने गर्दछन । विहान भएपछि नदिमा गई स्नान गरी घर फर्किन्छन । घरमा आएपछि चामल, दाल, नुन जस्ता बस्तुहरु छोएर ठुला बडाबाट आर्शिवाद लिने कार्य गर्दछन ।

नेपालको पश्चिमी जिल्ला दैलेखमा यस दिनलाई चेलित्यार भनेर बुझिन्छ, जस्को अर्थ चेलिको तिहार हुन्छ । यस दिनमा स्नान गरेर अघिल्लै दिन पकाएर राखिएको तरुल, रोटी पहिले कागलाई दिइन्छ अनि घरपरिवारले खाने गरिन्छ । उक्त दिनमा बुढा पाका तथा तन्नेरीहरु रुखको मुडा जम्मा गरी आगो ताप्ने सहभागि हुने गर्दछन । मुढा ताप्ने थलामा रात भर कसैले देउडा लगायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँ खाने कथा, दन्तेकथा गरेर रात काट्छन् । यस दिन आफ्ना विवाहित चेलीहरुको घरमा रोटी तथा तरुलका पोका बनाएर बाँड्ने पनि चलन रहेको छ ।

मकर सक्रान्ती मगर जातिहरुले आफ्नो मुख्य पर्वको रुपमा धुमधामसंग मनाउने गर्दछन । सक्रान्तीको अवसरमा चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ भने बालकहरू धनु बाँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन् । अनि तरुल, सखरखण्ड खुदो चिउरा जस्ता खानाहरु खाइ नाचगान गरी रमाइलो गर्ने गर्दछन ।

गोरु जुधाई प्रतियोगिता
गोरु जुधाई प्रतियोगिता

यसै दिनको अवसरमा बर्षेनी नुवाकोट र रसुवामा बृहद गोरु जुधाई कार्यक्रम पनि हुने गर्दछ । जस्मा हजारौं हल गोरुहरु जुधाउनका लागि सहभागि गराइन्छ ।

ढुङ्गेसाँघुको मेला

ढुङ्गेसाँघुको मेला प्रवेश द्धार
ढुङ्गेसाँघुको मेला प्रवेश द्धार

 

जाउँला ढुङ्गेसाँघुमा,
खाउँदा बदाम किनेर, लाउँला माया चिनेर…
जस्ता गीतहरुको उपज यस मेलाले भगवान श्रीराम र सीताको प्रेम विचको कथालाई स्मरण गराउँदछ । माघे सक्रान्तीको अवसरमा नेपालको विभिन्न भागमा जस्तै पोखराको ढुङ्गेसाँघुमा पनि विशेष मेला लाग्ने गर्दछ । सुन्दर नगरी पोखरा महानगरपालिकाको वडा नं १५ र १७ जोडीने सेति नदिमा बनेको ढुङ्गेसाँघु पुलको नामबाट परिचित यस स्थानमा माघे सक्रान्तीमा परापुर्व काल देखिनै मेला लाग्ने गरेको छ । त्यसैले यस मेलालाइ ढुङ्गेसाँघुको मेला भन्ने गरीन्छ ।

ढुङ्गेसाँघुको मेलाको इतिहाँसको सम्बन्धमा कुरा गर्दा बनवासको समयमा पुस महिनाको अन्तमा भगवान श्रीराम र सीता यस पुण्य भुमिमा आएर बास बस्नुभएको र त्यस दिन तरुल सखर खण्ड पकाएर राखी भोली पल्ट माघे सक्रान्तीको दिनमा सितामाताले यहाँ स्नान गरौँ भनि दुवै जना स्नान गरी अघिल्लो दिन पकाएको तरुल, सखरखण्ड र खुदो चिउरा खाएका थिए । सीता मातालाइ सवारी हुनुभन्दा पहिले यस स्थानमा केहि चिनो स्वरुप राख्न मन भएको र साथमा त्यस्तो केहि बस्तु नभएकाले भगवान रामले यहाँ पाइला राख भनि सिताको पाइलाको चिनो बनाइ दुवै जना प्रस्थान गर्नु भएको भन्ने किम्ब दन्ती रहेको छ । त्यसैले यस सीताका पाइला भएको स्थानलाइ सीतापाइला पनि भन्ने गरिन्छ । यसैका आधारमा माघे सक्रान्तीका दिन मानिसहरु यसै स्थानमा आइ स्नान गर्ने अनि तरुल सखरखण्ड र खुदो चिउरा ल्याइ खाने परम्परा बन्दै विस्तारै सामानहरुको खरिद विक्री गर्ने कार्यको शुरुवात भएर मेलाको प्रारम्भ भयो ।

अरु मेला भन्दा भिन्न यस ढुङ्गेसाँघुको मेलामा घरायसी सामान जस्तै डोका, नाम्ला, कुटो कोदालो, भकारी, मान्द्रो जस्ता समानहरुको खरिद विक्री हुने गर्दछ । मेलामा टाढा टाढा देखि विभिन्न जिल्लाका मानिसहरु मेला भर्न आउने तिर्थालुहरुको भिड रहन्छ । केहि दशक पहिले दिनमा र रातमा मेला लाग्ने गर्दथ्यो तर आजभोली माघ १ गतेको दिनमा मात्र मेला लाग्ने गरेको छ । यसै मेलामा आधारित “ढुङ्गेसाँघुको मेलैमा भेट भएको बेलैमा…” र “हाम्रो गाउँ, राम्रो गाउँ, ढुंगेसाँघु….” भन्ने गित नेपाल भरी नै लोकप्रिय मानिन्छ ।

कस्की जिल्लाकै पौराणिक महत्व बोकेको र पुरानो मानिने यो मेला केहि बर्ष अघि विना ब्यबस्थापक स्वस्फुर्त रुपमा संचालन हुने गर्दथ्यो भने विगतका केहि बर्ष यता मेलालाइ अझ सुब्यबस्थित तथा सुरक्षित बनाउनका लागि यस मेलाको ब्यबस्थापकको रुपमा सदा शिवजी हरिहर मन्दिर गुठी ब्यबस्थापन समिति रहेको छ । ढुङ्गेसाँघुको मेलामा तरुल, सरखरण्ड वितरण गर्ने र भोट तथा हिमाली क्षेत्रबाट आउने ब्यापारीहरुले जिम्मु, विरेनुन, सिधेनुन, जस्ता विभिन्न औषधी जन्य पदार्थहरुको उपलब्ध गराउने भएकाले पनि अझ यो मेलालाइ भिन्न किसिमको बनाएको छ । भने कराँते, घैँटो फुटाउने खेल मेलाका अन्य विशेषताहरु हुन ।

नजिकैको सेति नदिमा स्नान गरेर आएपछि मेलामा बदाम खाँदै मेलाको अवलोकन गर्ने तिर्थालुहरुको निकै भिड रहने गर्दछ । अत्यावस्यक घरायसी सामाग्रीहरुको किन बेच हुने यस बजारमा छिमेकी जिल्ला स्याङजा पर्वत, मनाङ, मुस्ताङ,  लमजुङ,  तनहुँ आदि स्थानवाट मेला भर्न आउने गरेको पाइन्छ । यस्ता कृषियोग्य र घरायसी सामाग्रीहरुको उपलब्धता रहने भएकाले यस मेलालाई परम्परागत शैलिको मेला पनि भन्न सकिन्छ । मेला र स्नानको लागि आउने तिर्थालुहरुको घुँइचो अत्यधिक रहने भएकाले यो मेलाको प्रचार प्रसार गरिएको पाँइदैन ।

मकर सक्रान्ती तथा माघी पर्वको उपलक्ष्यमा सम्पुर्ण देशवासीहरुको मनोकामना पुर्ण होस, कर्मको फल प्राप्ती होस शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा