
चीनले गर्यो चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण
१९ पुष २०७५, बिहीबार २१:२३
वि.वि.सी. चीनका अनुसार चीनले चन्द्रमाको नयाँ ठाउँमा स्वचालित अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको छ । यो पहिलो पटकको प्रयास र सफलतापूर्ण अवतरण पनि हो । यसभन्दा अघि कुनै पनि देशको अन्तरिक्षयान चन्द्रमाको त्यस भागमा अवतरण गराइएका थिएनन् ।
चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार राजधानी बेइजिङको समयअनुसार बिहीबार बिहान १० बजेर २६ मिनेट जाँदा बिनामानवको यान ‘चाँग इ-४’ चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण भएको हो । उक्त यानमा चन्द्रमाको भूविज्ञानको अध्ययन यन्त्र पनि जडान गरिएको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यमले यो मिसनलाई अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा ठूलो उपलब्धि भएको जनाएको छ ।
अहिलेसम्म पृथ्वीतर्फ रहेको चन्द्रमाको भागमा मात्रै अनुसन्धान गरिएको थियो । चीनले पहिलो पटक चन्द्रमा पछाडीको क्षेत्रमा अन्तरिक्ष यान अवतरण गराएर आफू अन्तरिक्ष क्षेत्रमा पनि अब्बल भएको प्रमाणित गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई