Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार
nirmal mani

धर्म अर्थात् जीवन-पद्धती

२० पुष २०७५, शुक्रबार ११:२७

डा. निर्मलमणि अधिकारी- धर्मलाई अंग्रेजी शब्द रेलिजन (religion) को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता छ । रेलिजनले एउटा सम्प्रदाय वा मजहब मात्र जनाउँछ; यता धर्मचाहिँ व्यापक अर्थ भएको शब्द हो । आरम्भमा धर्म-तत्व एउटै थियो तापनि कालान्तरमा मान्छेले धर्मका नाममा अनेक कर्महरु अपनाउँदै गयो; अनेक रीतिरीवाज विधि-विधान चाल-चलन प्रथाहरु प्रचलित हुँदैगए; अनि धर्मलाई तिनै भौतिक कि्रयाकलापका आधारमा छुट्ट्याउने; खुट्ट्याउने गर्न थाले । देश काल परिस्थितिमा अनेकता हुँदा कर्म रीतिरीवाज विधि-विधान चाल-चलन प्रथा आदि जस्ता भौतिक कि्रयाकलापमा पनि अनेकता आउन थाल्नु स्वाभाविकै भयो । तर जब मान्छेले वास्तविक धर्म-तत्वलाई बिसे्रर पछि विकसित गरिएका भौतिक कि्रयाकलापलाई नै धर्म ठान्न थाल्यो तबदेखिनै मतभेद पनि प्रकट भयो ।

धर्मको वास्तविक तत्वलाई भन्दापनि यिनै कुराहरुलाई महत्व दिने प्रवृत्तिले धर्मका नाममा संघर्ष शुरु गरायो । संसारमा धर्मका नाममा पटक-पटक िहंसा भड्केको छ; धर्मको निहुँमा मानव-रक्तको खोलो धेरैपल्ट बगेको छ । धर्म सम्प्रदायगत ट्रेडमार्कले छोपिएर मान्छे धर्मको भ्रममा सम्प्रदायगत ट्रेडमार्कमा जकडियो । अहिले त धर्म भन्नासाथ कुनचाहिँ धर्म अनि मेरो धर्म र तेरो धर्म भनेर आपसी लडाइँ मारकाट गर्ने बहाना बनाएका छन् धर्मलाई । यदि मानव समाजले असली धर्म-तत्व आत्मसात् गर्ने होभने धर्मका नाममा हुने गरेका सारा द्वन्दको औचित्य नै रहने छैन । यसकालागि सम्प्रदायगत ट्रेडमार्कको साँघुरो घेराबन्दीबाट उम्किन सक्नु पर्दछ । प्रारम्भमा धर्म-तत्व एउटै थियो; तब अहिले किन हुन सक्दैन अवश्य हुनसक्छ ।

विश्वको सर्वप्राचीन धर्मग्रन्थ ऋग्वेद भएकाले यसमा वर्णित धर्म-तत्वलाई मानव समाजको ुआदिधर्मु मान्नुपर्ने हुन्छ । हुनपनि वेदमा कहिएको धर्म सम्प्रदायगत ट्रेडमार्क भन्दा अलग्गै र सारा मानव-समाजकालागि समानरुपेण लागू हुनसक्ने छ । तसर्थ ऋग्वेद एवं यस परम्पराका विविध धर्मग्रन्थहरुमा वर्णित धर्म-तत्वलाई अवलम्बन गर्नासाथ धर्मका नाममा सृजित सारा समस्याहरु समाधान हुन सक्दछन् । धर्म यस्तो तत्व हो जसका कारणले मनुष्य पशु बन्नबाट जोगिएको छ । अर्थात् धर्मनै यस्तो चीज हो जसका कारण मान्छे अरु पशुहरुबाट पृथक् रहेको छ । धर्म नहुने होभने मान्छे र अन्य पशुबीचमा फरक हुने थिएन । धर्मले मान्छेको आध्यात्मिक आधिदैविक आधिभौतिक अभ्युदय गराउँछ ।

रेलिजनको; मजहबको चक्करमा नपर्ने होभने; तिन्लाईनै धर्म ठानेर भ्रममा नपर्ने होभने व्यर्थ हुनेछन् जेहाद र क्रुसेडहरु । धर्म लडाइँ गर्ने चीज होइन; यो त पवित्र जीवन-पद्धति हो । धर्म शब्द धृ धातु धारणा गर्नुबाट निष्पन्न भएको हो । यसबाट देखिन्छकि धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरु प्रदान गर्दछ । ती धारणाहरुको फलस्वरुप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम-कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम राम्रा गुण असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक-चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन् तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो । जस्तोकि ऋग्वेदमा जीवनका शाश्वत मूल्यहरुको स्थापना एवं अवलम्बन गर्न धर्मले प्रेरणा दिन्छ । अनि मनुस्मृतिमा धर्मको लक्षण बताइएको छकि धैर्य क्षमा दम विषय-वासना हटाउनु अस्तेय शौच इंदि्रयनिग्रह धी बुद्धि विद्या सत्य र अक्रोध यी धर्मका दश लक्षण हुन् ।

यसमा कुनै सम्प्रदायवालाले आपत्ति जनाउनु पर्ने वा अस्वीकार गर्नुपर्ने के छ र ! महर्षि कणाद जब भनिरहेका हुन्छन्कि जसबाट अभ्युदय उन्नति या कल्याण हुन्छ तथा मुक्ति प्राप्ति हुन्छ त्यही धर्म हो यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः -तब कहाँनेर छ विवाद; अस्वीकार गर्नुपर्ने ठाउँ ऋग्वेदमा भनिएको छकि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी हुन्छ धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ वास्तवमा समस्त विश्वको साझा विश्व-धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरुपको धर्ममात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमाचाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनु पर्ने हुन्छ ।

धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ मारकाट िहंसा शस्त्रास्त्रको उपयोग आदि-इत्यादि त राजनीति हो अर्थनीति हो; -धर्मनीति होइन । कहिलेकाहिँ तीपनि आवश्यक पर्लान्; तर तिन्लाईनै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा तीबाट प्रायः पर रहनु पर्दछ । कर्म रीतिरीवाज विधि-विधान चाल-चलन प्रथा आदि जस्ता भौतिक कि्रयाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरुप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ; हुनुपर्छ । तब कुटुम्ब-कुटुम्ब बीचमा पनि केको युद्ध
अस्तु ।

डा. निर्मलमणि अधिकारीको अन्य लेखहरु 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। लाओत्से चिनियाँ दार्शनिक तथा लेखक हुन्। उनलाई ताओ दर्शनका पिता मानिन्छ। ताओले प्रकृति ब्रह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल

एशियाली देशहरुमा १०८ घण्ट या १०८ धाराहरु र १०८ भजन तथा मन्त्रहरुको ठूलो महत्व छ । नेपालमा शुभ तथा वैदिक

काठमाण्डौ । नेपाली युवाहरुले बिगत ७ वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर नेपाली मौलिक उत्पादन र सबै

काठमाडौं ।  जीवन के हो ? जीवनलाई सहज र आदर्शवान कसरी बनाउने ? जीवनलाई बुझेर कसरी अगाडि बढ्न सकिन्छ ?