losar

आज सोनाम ल्होसार मनाइँदै


अर्जुन भण्डारी
अर्जुन भण्डारी

सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य । त्यसकारण यसलाई पुण्य संवत्सर भनिन्छ । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । यो माघे सक्रान्तीको आसपास पर्दछ तर कहिलेकाँही ग्रहहरुको उतारचढावका कारणले मलमास भएको बर्षमा चाडपर्वहरुको तिथिमा पनि फेरवदल हुने भएकाले यसपाली भने केहि दिन पछि माघ २२ गतेको दिनमा सरेको छ ।

बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई आफ्नो सांस्कृतिक पर्वका साथसाथै नयाँ बर्षका रुपमा मनाउने गर्दछन् । नेपालको पहाडी क्षेत्रमा बसोबास रहँदै आएका तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै गर्दा उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेका क्षेत्रमा नयाँ बर्ष- नयाँ दिनका रुपमा मनाइदै आएको छ । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । आज तामाङ समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाईदिने गरिन्छ । नेपालको एक प्रमुख जाती तामाङको विशेष साँस्कृतिक पर्व भएका कारण विक्रम सम्बत् २०६४ साल यता सोनाम ल्होसारलाई राष्ट्रिय पर्व स्वरुप नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको छ ।

यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।

ल्होसार सम्धन्धी अधिक जानकारीको लागि तलको लिंकमा थिच्नुहोला ।
https://livemandu.com/3145/


Loading comments...