Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

आज ग्याल्पो ल्होसार मनाइँदै

२३ फाल्गुन २०७५, बिहीबार ०६:०५

लोकप्रिय

यो पर्व बौद्ध धर्मालम्बीहरुको मुख्य चाड फागुन महिनामा पर्दछ । विशेषगरी शेर्पा जातिले मनाउने गरेता पनि यो पर्व अन्य विभिन्न जात जातिहरुले पनि मनाउँदै आएको पाइन्छ । ग्याल्पो ल्होसार फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिना अघि देखि नै गरिन्छ।

अर्जुन भण्डारी
अर्जुन भण्डारी

‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ। कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ। बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ।

तिब्बती पञ्चांगमा १२ जनावर, ५ धातु र २ लिंगअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ। यस नियमले १२० वर्षमा १ चक्र पूरा हुन्छ। आज तिब्बती पञ्चांगअनुसार खी लो (कुकुर वर्ष) सकिएर फग (सुँगुर वर्ष) २१४५ प्रारम्भ हुने दिन हो। यसर्थ धार्मिक विधिअनुरूप आज चरा वर्षलाई बिदा गरी सुँगुर वर्षलाई स्वागत गरिँदै छ।

विशेष तिब्बतियन, शेर्पा तथा योल्मो समुदायले मनाउने यस पर्वमा घर आगनमा सफा गरिसकेपछि गुथुक नौ प्रकारका गेडागुडी जस्तै चना केराउ भटमास मुला जौ चामल आँटा मकै आदि मिसाइ बनाएको परिकार भगवानलाइ अर्पण गरी आँफु पनि खाने पाहुना लाइ पनि खुवाउने गरिन्छ । यो पनि अन्यकुराहरु तमु ल्होसार जसरी नै मनाइने गरिन्छ ।

ल्होसार सम्धन्धी अधिक जानकारीको लागि तलको लिंकमा थिच्नुहोला ।
https://livemandu.com/3145/

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा