
पाँच पाण्डवको मृत्यु (भाग १ )
२२ पुष २०७५, आईतवार ०७:५०
रामायणको अन्त्य पछि पाण्डवहरुको मृत्युका विषयमा धेरै भनाई अनि तथ्यहरु रहेको त पाइन्छ. आज हामी पाण्डवहरुको मृत्यु विषयमा कुरा उक्काउन चाहन्छौं
यस आलेखमा पञ्चपाण्डवको हिमाल आरोहण, मृत्यु , देवलोक यात्रा अनि घृणाका किस्साहरु हामीले समावेश गरेका छौं . महाभारतको युद्ध पश्चात युधिष्ठिरले न्यायपूर्ण तरिकाले शासन गरिरहे, युधिष्ठिर निष्ठा अनि सत्यमार्गमा अडिग रुपमा लागि नै रहे तर अन्य पाण्डवहरुको हकमा भनें त्यस्तो निष्ठा कायम हुन सकेन् . समय ब्यतित हुँदै अन्य भाइहरुले भने आफैले र अरुले भोगेका धेरै कुराहरु बिर्से । यतिमात्र नभई श्री कृष्णले भनेका कुराहरु , गीताका सारहरु समेत बिर्से । युद्धका डोबहरु पुरिएका थिएनन्, ईतिहासकै सर्वाधिक ठुलो महायुद्ध जसमा लाखौँ मानिसको मृत्युको भागीदार युद्धका दुई पक्षहरु पाण्डव र कौरव पक्षहरु नै हुन् . यस्तो अवस्थामा क्रमश पाण्डव दाजुभाईले आफैले भोगेका द्वन्द्वहरु समेत भुल्दै गए । ब्यबहार अनि राजकाजमा उनीहरु यति ब्यस्त भए कि उनीहरुका लागि धर्म अनि अध्यात्म भन्दा राज्य शासनको दैनिक गतिविधि बढी महत्वपूर्ण हुँदै गयो । युधिष्ठिर मात्र एक जना थिए जसले कृष्णका हरेक वाणीहरु याद राखे र दायित्व पूरा गर्ने क्रममा आफुले सकेको जति अर्तीहरु ब्यवहारमा अनि जीवनमा उतारे । बाँकी पाण्डव भाईहरुले राज्यभोग गर्दै भौतिकतामा लीन भई राज्याधिकारी बन्नैमा व्यस्त रहे । कोही पनि सर्वगुण सम्पन्न त पक्कै हुँदैन तर सर्वगुणसम्मपन्नताको निकट रहनका लागि के गर्नुपर्दछ त ? यस आलेखले केही प्रकाश पार्न खोज्दछ ।
यो कुरा युधिष्ठिरले केही हदसम्म बुझेका थिए तसर्थ एक दिन युधिष्ठिरले आफ्ना भाइहरुसित जीवनबारे बुझ्नका लागि मण्डरा हिमाल चढ्ने प्रस्ताव राखे । राजकाज भन्दा धेरै पर अनि अलग्ग भएको हिमाल चढ्ने क्रममा आफुले आफ्ना भाइहरु अनि द्रोपदीसंग धर्म अनि अध्यात्मका कुरा गर्ने र सरसल्लाह हुने युधिष्ठिरको सोच थियो . पाण्डवहरु श्री कृष्णसँग बस्दथे तर पनि उनीहरुलाई जीवनबारे बुझ्नपर्ने जरुरी भयो, राजकाजले उनीहरुको प्रार्थमिक्ता भगं गरेको थियो । मानिसहरुको समस्या के हो भने उनीहरुले आफुसँगै भएका महत्वपूर्ण कुराहरु देख्न सक्दैनन् । भगवानसँगै बस्दथे र पनि उनीहरुलाई जीवन बुझ्न निस्किनपर्ने भयो । बाँकी भाइहरुले पनि दाइको कुरा स्वीकार गर्दै भ्रमणमा निस्किने अनि हिमाल चढ्ने भएछन् । उनीहरु हिमाल चढ्न निस्के, चिप्लो बाटो हुँदै उनीहरु हप्तौँ लगाएर हिमाल चढ्न थाले । हिमालको बाक्लो हिँउ अनि निकै अफ्ठेरो बाटो अझै गाह्रो र चिप्लो हुदै जान थाल्यो ।
यही क्रममा एक दिन हिमाल को टाकुरा बिचको साँघुमा द्रोपदी चिप्लेर लडिन् र साँघु मुनी खसिन् । उन्ले आफ्नो वचावका लागि कुनै गुञ्जाइश गर्ने नपाई अनि कुनै आवाज पनि ननिकाली हिमालबाट लडेर ज्यान गुमाइन् । यता, युधिष्ठिर भने एक पटक पनि पछाडि फर्केनन् , उनी शिखरमा पुग्न केन्द्रित थिए र अघि बढिरहे । बाँकी भाइहरु बल्लतल्ल उनीसम्म पुगेपछि भीमले उनलाई शोकमा विह्वल भएर सोधे, “किन द्रौपदी यहाँबाट लडेर हामीसँग छुट्टिनप¥यो ? उनले जीन्दगीभर दुःख नै त खेपिन् र सदैव हाम्रै साथमा रहिरहिन् । उसले के बिराइन् र यसरी हिमालमा उनले ज्यान गुमाउनप¥यो ? आखिर द्रोपदीले आफ्नो कुन पापको सजाय भोगिन ? भीम आलाप गर्न थाले ।
भीमलाई सम्झाँउदै युधिष्ठिरले उनलाई भने, “यसमा धेरै कुरा छ । द्रोपदीले उनका पाँचै श्रीमान लाई बराबर माया दिने वाचा गरेकी थिइन् र यसलाई आफ्नो कर्तव्य नै मानेकी पनि थिइन तर उनले कहिल्यै त्यसो गर्न सकिनन् । उन्को मायामा सदैव केही उतारचढाव रहिनै रहन्थ्यो . उनले अन्तस्करणमा सदासर्वदा अर्जुनलाई मात्र माया गरिन् र उनको मात्र पत्नी बन्ने दृढ लालसा राखिन् । हामी बाँकी भाइसँग उनले आफ्नो जिम्मेवारी मात्र पूरा गरिन् तर उनको माया सधैँ अर्जुनको लागि मात्र रह्यो । अरु त अरु कर्ण पनि हाम्री आमा कुन्तीका पुत्र हुन् भन्ने थाहा पाएपछि कर्णलाई पनि पतिको रुपमा प्राप्त गर्ने इच्छा राखिन् । यही दुई वटा कारणले उनी खसिन् ।” अब पाण्डव दाजुभाईहरु विगतका दिनमा आफुले पनि गरेका केही भुल अनि अन्यायका कुराहरु मनमनै खोतल्न थाले ।
यसरी उनीहरुले शोक लाई थाम्दै फेरी आफ्नो यात्रा सुरु गरे । त्यसपछि नकुल खसे । यसपछि उनीहरुले युधिष्ठिरलाई फेरी प्रश्न गरे । अब नहकुल किन खसे ? युधिष्ठिरले भने, “उनी असाध्यै घमण्डी मानिस थिए । उनी आफुलाई असाध्यै सुन्दर र पौरुषत्व भएको मान्थे र उनको घमण्डले नै उनको पतन गरायो ।” उनीहरु हिँड्दै गए, यसपालि द्रोपती, नकुल पछि कान्छा भाई सहदेव हिँउमा चिप्लेर खसे । उनीहरुले आफ्ना दाइसँगै प्रश्न राखे, सहदेव किन खसे ? उनले कहिल्यै एक शब्द पनि बोलेन्न, उनी त हामीमध्य सर्वाधिक भद्र थिए र पनि किन खसे? उनी एक शब्द पनि बोलेनन् तर यो उनको भद्रताले नभई उनको आत्मसन्तुष्टि र दम्भका कारणले हो भन्ने जवाफ उनीहरुले पाए । अब त पाण्डवहरु अब कस्को पालो आउने हो भनेंर त्रासमा हिमाल आरोहण गरिरहेका थिए त्यहीबेला ठूलो आवाज र गर्जनका साथ भीम खसे । भीमजस्ता मायालु र निर्दोष मानिस किन खसे भनी अर्जुनले सोध्दा युधिष्ठिर भन्छन, “उनीमा खन्चुवापन र अत्याधिक लालच थियो । उनी खानेबेलामा आफु मानव रहेको कुरा नै भुल्दथे र मान्छेलेजस्तै नभई पशुले जसरी खान्थे र उनी सधैँ अरुको दुःखमा रमाइलो मान्थे ।
हामी कहिलेकाहीँ अरुको दुःखको कारण बन्न सक्छौँ र त्यस्तो नियती को कुरा फरक हो तर अरुको दुःखमा रमाउन भनें कदापि हुन्न । भीमलाई अरुको दुःखमा निकै आनन्द आउँथ्यो र यही उनको पतनको कारण बन्न पुग्यो ।” अन्त्यमा अर्जुन पनि खसे । उनको पालोमा प्रश्न सोध्ने कोही भएन्न् । युधिष्ठिर एक्लै बोल्दै अघि बढे । उनको धनुविद्याको घमण्डले उनी सखाप भए । उनी आफुलाई संसारकै उत्कृष्ट धर्नुधर मान्थे । उनी राम्रा धर्नुधर त थिए तर संसारकै उत्कृष्ट होइन । उनलाई अरुको औँला काटेर उत्कृष्ट बन्ने हक थिएन, त्यो त छल थियो । अर्जुनले एकलव्यको जीवनमा अन्याय गरेका हुन र उनी सधैँ उनीभन्दा राम्रा धर्नुधर अरु होलामा बढी चिन्तित र असुरक्षित मान्थे । यसरी युधिष्ठिर मात्र यात्राको अन्तिमसम्म पुग्दछन् । कथा अनुसार यदि असल भई जीवन यात्राको अन्त्यसम्म पुग्न सकेमा मानिस पार्थिव शरीरसहित देवलोकमा पुग्न सक्नेछन् । युधिष्ठिर एक जना मात्र शरीरसहित देवलोकमा पुग्ने भए । देवलोकबाट उनलाई लिन दूतहरु आइपुग्छन् । तर, युधिष्ठिरको साथमा कुकुर पनि देखेपछि दूतले कुकुरलाई लान नसक्ने बताउँछन् ।
बाँकी अर्को भागमा . अर्को भागमा देवलोकको अवस्था, युधिष्ठिरको अवस्थिती अनि पुन युधिष्ठिर, द्रोपती अनि कौरव, शकसुनी लगायतको भेटघाटको प्रसंग र बस्तुस्थिती लिएर आउने छौं ।
भाग २ पढ्न यहाँ क्लीक गर्नुहोस्
लाईभमाण्डु
-सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा