Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार
the voice of nepal in uk

द भ्वाइस अफ  नेपालको टिम विश्व भ्रमणमा निस्कदै

२० पुष २०७५, शुक्रबार १४:३४

विश्व विख्यात गायन रियालिटी शो द भ्वाइस अफ  नेपालको पहिलो संस्करण निकै सफलताका साथ सम्पन्न भयो । कतारको दोहामा सम्पन्न ग्रान्ड फिनालेबाट पहिलो द भ्वाइस अफ नेपालको उपाधि टिम दिपका सिडी बिजय अधिकारीले चुम्न सफल भए । नेपालमा सर्वाधिक मन पराइएको उक्त कार्यक्रमका  ७ जना ट्यालेन्टहरु विश्वको बिभिन्न देशहरुमा सांगितिक प्रस्तुतिको लागि जादै छन ।
पहिलो चरणमा युकेको ७ वटा सहरमा आफ्नो संगीतिक कार्यक्रम हुदै गरेको चारै जना ट्यालेन्टहरुले सोसल मिडिया मार्फत जानकारी गराएका छन्।

नेपाली संगीतको माया नेपालमा मात्र हैन युकेमा बस्ने नेपालीको मनमा पनि अत्यन्तै धेरै छ भन्ने कुरा आज भन्दा अगाडी युकेमा भएको कार्यक्रममा नेपालीहरुको उल्लेखनीय प्रस्तुतीको कारणले बुझ्न सकिन्छ । द भ्वाइस जस्तो रियालिटी शो बाट आएका आवाजहरुलाई त झन् माया नै धेरै नै हुने गरेको छ ।

फेब्रुअरी १६ तारिक देखि मार्च ९ तारिकसम्म हुने उक्त कार्यक्रममा धेरै भन्दा धेरै दर्शकहरु सहभागी हुने कुरा आयोजक टिमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन्