Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
sanghiye mamala matralaye

स्थानीय तहलाई ४ वर्गमा वर्गीकरण गरिँदै

२० पुष २०७५, शुक्रबार १४:५३


नेपाल सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा ४ वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । मन्त्रालयले यातायातको सुविधा (सडक र हवाई यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा शिक्षा उपलब्धता, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचांक, भौगोलिक स्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको छ ।

मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुने पनि बताइएको छ ।

मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग