Lifestyle Portal
  •   ९ जेष्ठ २०७९, सोमबार

बाह्र वर्ष पछी बल्ल चिना जुराउदै शिला

२० पुष २०७५, शुक्रबार २०:२०

त्रिभुवन युनिभर्सिटीबाट संगीतमा मास्टर्स डिग्री गरेकी गायीका शिला  बिस्ट (अली) कमै  मात्रामा मिडियामा देखिन्छिन । इलाहावाद संगीत महाविद्यालय , भारतबाट ‘संगीत प्रभाकर’मा गोल्ड मेडलिस्ट, शिला  भर्खरै मात्र “जुरेन भने चिना, के गर्छौ मायालु ” बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको छ । २०५६ सालमा रेडियो नेपालको स्वर परिक्षा दिएर पास हुनुभएकी शिला अहिले रास्ट्रीय नाचघरमा कार्यरत हुनुहुन्छ । वहा  राष्ट्रिय नाचघरमा स्थाई रुपमा महिला गायन कलाकारको रुपमा  कार्यरत हाल एक जनामात्र महिला गायीका हुनुहुन्छ ।

पाच  सय भन्दा बढी गीत गाइसक्नु भएकी शिलाले दश वटा भन्दा बढी भाषामा गीत गाइसक्नु भएको छ । वहाँको स्वर पचास भन्दा बढी फिल्महरुमा, कान्तिपुर टेलिभिजनमा प्रसारण हुने गरेको  पलेटी शृंखला, र आफ्नै एकल गायन पनि प्रस्तुत  गरिसकेकी छिन् । कृष्ण भारद्वाजको शब्द र संगीत रहेको “जुरेन भने चिना, के गर्छौ मायालु ” बोलको गीतको म्युजिक भिडियो भने जमाल अलीले बनाउनु भएको हो । यस गीतका एरेन्जर किरण कणेल हुन् र उक्त गीत प्रज्ञा साउण्ड डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन्