
सार्वजनिक यातायातमा मदिरा र पर्फ्युमको ककटेल
२० पुष २०७५, शुक्रबार २२:४९
हतारमा थिए, समयमै पुग्नु थियो कार्य थलो । केही परबाटै देखे बस छुट्न लागेको, हतार हतार दौडिएर पुगे बसभित्र । कुनै खेलाडिले दौडमा प्रथम हूदाँको सरह महसुस गर्दैथिए । घाँटीमा बाधिएको मालालाई स्वर्ण पदक नै ठाने मन शान्त गर्न , जुन पशुपतिनाथको दर्शन गर्न जाँदा लगाएको थिए ।
एउटा म्याराथुन जितेर आएको मलाई कुनै बस्ने स्थान थिएन्, सायद मैले आफैलाई व्यङ्ग गर्दै थिए तर हाम्रो समाजको यथार्थ पनि यस्तै छ । कयौ स्वर्णपदक विजेता जसले देशको लागि योग्दान गरे उनीहरुलाई राष्ट्रले केहि दिन सकेको छैन । कहिलेकाहि त लाग्छ यो नाम नै गलत छ, मैले राखेर हुने भए राखिदिने थिए किर्तिपुर उठ सेवा अथवा झुन्डी सेवा सायद कोचिनु पनि सान्दर्भिक हुने थियो होला ।
कहिलेकाही आफ्नो भाग्य देखेर पनि अचम्म लाग्छ, बसमा बसेर यात्रा गर्न नपाएको पनि धेरै भयो । ल ठिकै छ उभिदा पनि हुन्छ तर उभिदा पनि कष्ठकर तरिकाले उभिदा पर्दा झोक चलेर आउँछ, तर मेरो झोक मात्रै चल्यो भने मेरो यात्रा अघिल्लो चोकसम्म सिमित हुन्छ । यात्रुलाई बसभित्र खादन सक्ने सहचालकलाई देख्दा उनको यो खदाई देख्दा पनि निकै रिस उठछ् तर के गर्नु बिकल्प नभएपछि जे जति मनमा भएपनि बाहिर आउन कठिन हुदो रहेछ ।
आज केही फरक घटना घट्यो, म उभिरहदा छेउकै सिटमा बस्नु भएको दाई विहानै मदिराको मस्त तालमा आन्नदित मुद्रामा देखिनु भयो । रक्सी खाएको मान्छेसँगका तिता अनुभव भएका कारण उसको त्यो व्यवहार प्रति कुनै आक्रोस पोख्न चाहिन, केलाई चलाए छिटा भनेझै अन्य यात्रुहरु पनि त्यो गन्धबाट बच्न नाक थुन्न तयार थिए तर प्रतिकारको लागि कोहि अग्रसर देखिएन्न । हाम्रो चलन नै यस्तै छ शुरुवात कस्ले गर्ला भनेर बस्छौ, हामी आफैबाट शुरुवात गर्ने कुरामा हामी डराउछौ यस अवस्थामा पनि यस्तै भयो । सायद यात्रु मध्ये कसैले सार्वजनिक यातायातमा मदिरा सेवन गरेको विषयमा केही बेलेको भए, म पनि बोल्ने थिए होला वा म केही बोलेको भए अरु पनि बोल्ने थिए होलान ।
दुईदिन अघि साँझ कोठामा फर्कदै गर्दा यात्रुले भरिएको बसमा केही विद्यार्थीहरुले भुसतिङग्रे युवाहरुलाई आरक्षण सिटबाट हटाएर अशत्तलाई त्यस स्थानमा राखेको घटनाले निकै खुसी तुल्यायो जहाँ उनीहरुको वास्तविक सिकाई महसुस गरेको थिए कता कता म पनि आज यो अभियान चलाउ जस्तो लाग्यो त्यो बिहानै रक्सी खाएर सार्वजनिक यातायातको साधाना चढ्ने लाई बिचमै बसबाट बाहिर निकाली दिऊ तर त्यति धेरै हिम्मत ममा कहाँ थियो र । बल्खुमा त्यो मदिराको गन्धमा लतपतिनु भएको व्यक्ति ओर्लनु भयो, खल्तीबाट १५ रुपैया भाडा निकाल्न पनि निकै कठिन भएको थियो । त्यो दाई उठे लगत्तै एकजना महिला बस्नु भयो, मौसम एक्कासी परिवर्तन भयो केहीबेर अघि बागमतिको छेउमा हिडिरहेको म, एक्कासी कुनै बगैचामा घुमिरहेको आभास हुन पुग्यो । सायद त्यो उहाँले लगाउनु भएको अत्तरको सुगन्धको प्रभाव थियो ।
यो गन्धले मन्द मन्द मलाई असर गर्दै थियो । यो सुगन्धित बासना छर्ने व्यक्तिसँग कुनै परिचय नभएता पनि त्यो बास्ँनासँग मेरो निकै गहिरो सम्बन्ध थियो फग को गन्ध । केहि समय अघिको मदिराको भन्दा यो गन्धले बढि असर गरिरहेको थियो मलाई, मदिराको गन्धले मात्र मेरा शुघ्ने ग्रन्थीलाई मात्र असर गरेको थियो, तर यो सुगन्धले मेरो मन मस्तिष्कमा समेत ठुलो असर गर्यो । अनि म एक्कासि सम्झन पुगे त्यो सुगन्ध अनि सुगन्ध दिने फुल मदिरा र अत्तरको बास्नाको ककटेल दिनभरी नै मलाई ह्याङ्ग बनाई रह्यो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग