सोयाबिन स्वास्थ्यको लागि निकै फाइदाजनक


हरियो भट्ट जसमा दाना राम्रोसँग बिकास भएको हुन्छ, त्यसलाई हामी उमालेर खाने गर्दछौ । केराऊ जस्तै भट्ट पनि निकै स्वादिष्ट र स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । आउनुहोस,  सोयाबिनको फाइदाहरुको बारेमा चर्चा गरौ :

१) सोयाबीनको सहि प्रयोगले दिमागको लागि आवश्यक पोषण प्रदान गर्दछ । एक अनुसन्धान अनुसार सोयाविनको प्रयोग गर्ने व्यक्तिहरुमा मानसिक रोगको संम्भावना निकै कम हुन्छ ।

२) प्रोटिनले भरिपुर्ण हरियो भट्ट खानाले एलडीएल कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्दछ, यसलाई हानिकारक कोलेस्ट्रोलमा मानिन्छ । हरियो भट्टले हाई ब्लडप्रेशर र ह्दयघातको समस्याबाट बचाउन समेत महत्वपुर्ण हुन्छ ।

३) तपाईलाई यो सुनेर अनौठो लाग्ला कि सोयाबिनको प्रयोगले तपाईको बे्रस्ट क्यान्सर र प्रोटेस्ट क्यान्सरबाट समेत बचाउन सक्छ । भट्टमा क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्ने र ट्युमर बढ्नबाट रोक्न उपयोगी हुन्छ ।

४) टाइप २ डाइबिटिजको बिरामीको लागि हरियो भट्ट निकै फाइदाजनक हुन्छ । टाइप २ डाइबिटिजका रोगीहरुमा किडनीको समस्या हुन सक्छ, तर सोयाबीन तपाईको खानामा समावेश भएमा किडनीको समस्याबाट बच्न सकिन्छ ।

५) गर्भाअवस्थामा शरिरको सामान्य देखि धेरै आइरनको आवश्यकता पर्दछ, साथै फाँलिक एसिड पनि आवश्यक हुन्छ । यो वस्तुहरु सोयाबिनमा प्राकृतिक रुपमा पाउन सकिन्छ ।


Loading comments...