
वालिङ माउण्टेन बाईक प्रतियोगिता माघमा हुने
२१ पुष २०७५, शनिबार २०:५४
वालिङ, पुस २१। स्वास्थ्यका लागि खेलकुद भन्ने मुख्य नारालाइ आत्साथ गर्दै वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा वालिङमा ‘वालिङ–१००’ एक दिवसीय अन्तर्राष्ट्रिय माउण्टेन बाइक दौड (म्याराथन) प्रतियोगिता आगामी माघ १८ मा हुने भएको छ। प्रतियोगिताको प्रमुख संरक्षक वालिङ नगरपालिका र सहयोगी संस्था वालिङ उद्योग वाणिज्य संघ रहेका छन ।
‘वालिङ–१००’ भन्नाले माउण्टेन बाइक दौड (म्याराथन) को दूरी हो, अर्थात दौड एक सय किलोमिटर हुनेछ । आँधीखोला भ्यालीमा निर्मित माउण्टेन बाइक रंगशाला ‘वालिङ–१०० अल्टिमेट एमटिबी ट्रेल’ लाई विश्वमै प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वन्डरफूल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिनेश तिवारीले जानकारी दिनुभयो ।
‘तिवारीले वालिङलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अभियानमा छौं।’ नेपालका साहसिक खेलका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने कार्यमा प्रतियोगिताले कोशेढुंगा सवित गर्ने उनले बताए। प्रतियोगिताबाट वालिङ, स्याङ्जा र नेपालको पर्यटनमा टेवा पुग्ने उनले विश्वास लिइएको छ। यस कार्यक्रमले नेपाल पर्यटन बर्ष-२०२० लाई पनि महत्वपुर्ण योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।
स्वस्थ नागरिक र नगरवासीका साइकल संस्कृति अनिवार्य छ।’ नेपालमा साइकल संस्कृतिको विकास गर्न सके प्रदुषण कमि, पेट्रोलियम पदार्थको अभावमा कमी, स्वस्थ वातावरण र स्वस्थ नागरिक उत्पादन हुने कुरामा आयोजकको दावी रहेको छ ।
बिहान सात बजे सुरु हुने खेलको दुरी प्रतिस्पर्धीले १० घण्टामा पूरा गर्नैपर्छ। करिब ३० देशका १ सय ५० जना खेलाडी सहभागी हुने खेलमा टाइटल पुरस्कार ५ लाख रहेको छ। महिला प्रतिस्पर्धीबाट प्रथम हुनेले ३ लाख र पुरुषतर्फबाट प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन। द्वितीय हुनेले (महिला–पुरुष दुवै) ले नगद ५० हजार, तृतीय हुनेले (महिला–पुरुष दुवै) नगद ३० हजार, चौथो हुनेले नगद २० हजार ( महिला–पुरुष दुवै), पाँचौं हुनेले नगद १० हजार (महिला–पुरुष दुवै) रुपैयाँ पाउनेछन्। यसैगरी ४० वर्ष र ५० वर्ष भन्दा माथिका उमेर समुहका विधा तर्फ विजेता महिला र पुरुषले क्रमशः १० हजार र १५ हजार नगद पाउनेछन्। खेलको दुरीलाई चार चरणमा विभाजन गरिएको छ।
पहिलो २५ किमी, दोस्रो ५० किमी, तेस्रो ७५ किमी र अन्तिम एकसय किमी दुरी निर्धारण गरिएको छ। तोकिएको दूरी १० घण्टामा पार गर्नैपर्नेछ। खेल बिहान सात बजे सुरु हुनेछ। प्रतियोगीले खेलका लागि नेपालीले ५ हजार रुपैयाँ र विदेशीले १ सय ५० डलर शुल्क बुझाउनुपर्नेछ।
वालिङ खेल मैदानबाट प्रतियोगिता सुरु हुनेछ। प्रतिस्पर्धीका लागि साइक्लिङ रुट वालिङ खेल मैदान–त्रियासी, राक्से, सिरुबारे, छापा, सिँगारकोट, माझकोट, राम्चे, तल्लाथोक, बस्यानी, मलागिरी, मिनाङ्कोट, केवरेभञ्ज्याङ, गह्रौंसुर, करादी, बायाँटारी, अकलादेवी मन्दिर, सिर्सेकोट, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक, अमले तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत