Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

रविन्द्र, रवि र रेशम

२१ पुष २०७५, शनिबार २१:२३


यस हप्ता नेपाली मिडिया, जनमानस अनि सामाजिक सञ्जालमा ब्याप्त थियो । यि ३ वटा र मा धेरै मुद्धाहरु अनि आवाजहरु केन्द्रित भएका छन्, यस हप्ता । बहुत अद्भुत संगम देखियो हवाईजहाज, बिवाह र छोडपत्र अनि शपथको कुराले । गणतान्त्रिक नेपालले संसदमा पहिलोपल्ट कारागारवाट कैदिलाई ल्याएर शपथ खुवाएको छ, जे होस् यस हप्ता नेपाली कैदिहरुले विश्वलाई नै एउटा उत्प्रेरणा र उदहारण दिएका छन् ।

फेरि शुक्रवार एक हुल कार्यकर्ताहरु गएर एउटा अमुक पार्टीको उपस्थिती जनाउन हुनसक्छ हवाईजहाज कम्पनीका निर्देशकलाई कालोमोसो पनि दलेर आएछन्, शनिवार कालोमोसोको प्रभावले सामाजिक सञ्जाल कालोमोसो मय भएको छ । मन्त्री रविन्द्र अधिकारीले गाई दुहेर चुनाव ताका कृषी र समृद्धिलाई जोडेका हुन् । पछि हवाईजहाज प्रकरणमा आफ्नो नाम मुछिएमा राजनितीबाटै सन्यास लिने कुरा पनि भएको हो, अब हेरौं के के हुन्छ यस देशमा । के खासमा यि मन्त्री दोषी नै हुन त ? ७५ प्रतिशत बढि रकम भुक्तानी अर्कै सरकारको पालामा भएको र अन्तको किस्ता आँखा चिम्लेर दिने यि मन्त्रीले जुठो हाले या हालेनन ? कि फोकटिया काण्डमा फसे भन्ने कुरा जान्न अर्को हप्ताहरु पर्खन जरुरी छ ।

उता रवि लामीछाने हरेक हप्ता नेपालमा दोहोरिरहने नाम हो । बिभिन्न काण्ड अनि पर्दाफाशमा आइरहने यि पत्रकार यसपाला बिवाहको मुद्धामा निकै चर्चामा रहे । बालबिवाह गरेको जस्तो कुराहरु निकालेर स्पष्ट पार्न खोजेका यि पत्रकारका परिवारको निकै कुराहरु यस हप्ता सार्वजनिक भए । रविको बिरोध भन्दा पनि समर्थनका आवाजहरु यस हप्ता धेरै देखिए अनि भित्ताहरुमा पोष्ट्याइए ।

हप्ता बडो रोमाञ्चक थियो । रवि अलिक स्पष्टिकरणमा केन्द्रित भए अनि रेशम कारागारबाट दम्भका साथ संसद पुगेर फर्किए । यता रविन्द्र नेपाली काँग्रेसको करतुतका वलिको बोका भएका हुन् या अरबौंको मोहमा चिप्लेका हुन् पनि जान्न बाँकी छ ।
रविन्द्रको कुराकानी छिनोफानो होस् अनि रविले पनि आरोपवाट न्याय पाउन् । रेशमलाई भएको राजनैतिक छत्रछायाँको यात्रा कारागारवाट संसदसम्म कहिलेसम्म हुने हो हेरौं ।
यस हप्ता ३ वटा  धेरै चर्चामा रहे । अब अर्को हप्ताको चर्चाको बिषयमा के रहनेछ ? हामी हेर्दैगरौं न हुन्न ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग