
कतारमा पानी पर्ने सम्भावना
नेपालको मैत्री राष्ट्र कतारमा आज पानी पर्ने संकेत देखिएको छ । आकाशमा बादल देखा पर्नुको साथ साथै हावा हुरी पनि लागेको छ भने तापक्रम पनि घटेर न्युन विन्दुमा पुगेको छ ।
कतारी जल तथा बायु अनुसन्धानका अनुसार आज विहान ६ बजे देखि भोली आइतवार बेलुका सम्म बदली भइरहने जानकारी दिएको छ । आज भएको मापन अनुसार न्युनतम १३ डिग्री सेल्सियस तापक्रम रहेको कुरा पनि जलवायु तथा मौषम विभागले जनाएको छ, भने भिजिविलिटी ४ किलो मिटर रहेता पनि कुनै स्थानमा भने २ किलो मिटर मात्र भएको छ ।