
यसरी लामो समयसम्म टिकाउन सकिन्छ ल्यापटपको ब्याट्रि
२२ पुष २०७५, आईतवार १५:४६
हामीमध्ये धेरैले ल्यापटको प्रयोग गर्दछौ । दैनिक कामको लागि होस या इन्टरनेटको प्रयोग गर्न ल्यापटप निकै लोकप्रिय भएको छ । प्रत्येक वर्ष नयाँ सुविधा तथा क्षमता सहित विभिन्न कम्पनीहरुले ल्यापटपहरु बजारमा ल्याइरहेका छन् । ल्यापटपको क्षमता सँगै त्यसमा प्रयोग भएको ब्याट्रिको पक्षलाई निकै महत्वपुर्ण रुपमा हेरिने गरिन्छ । त्यसैले ल्यापटपको ब्याट्रिलाई लामो समयसम्म टिकाउन महत्वपुर्ण हुन्छ । त्यसैले ल्यापटप प्रयोग गर्ने सम्पुर्णले ब्याट्रिको पक्षलाई ध्यान दिनु पर्छ । त्यसैले ल्यापटपको ब्याट्रि लामो समयसम्म टिकाउनको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
- धेरै जसो ल्यापटपहरुमा स्क्रिनको लाईट डिम गर्ने सुबिधा रहेको हुन्छ, यदि तपाईंको ल्यापटपमा यो सुबिधा छ र आफ्नो ल्यापटपको battery लाई लामो समय टिकाउन चाहनु हुन्छ भने स्क्रिनलाई डिम गरेर राख्नुहोस् ।
- USB डिभाइस, WiFi आदीले पनि battery धेरै खपत गरी रहेका हुन्छन त्यसैले यदि यि प्रोग्रामको प्रयोग भई रहेको छैन भने यसलाई हटाएर शटडाउन गरेर राख्ने गर्नुहोस् । यदि तपाईं आईपड लाई ल्यापटपबाट charge गर्दै हुनुहुन्छ भने battery को life प्रभाबित हुन्छ यो कुरा याद राख्नुहोस् ।
- डि.भि.डि ल्यापटपमा जब प्रयोग गर्नु हुन्छ तब धेरै power खपत हुने गर्छ । यदि तपाईंले यसको प्रयोग गर्नु भएको छैन तर सि.डि रोम मा सि.डि राखी नै राख्नु भएको छ भने पनि power खपत भई नै रहेको हुन्छ त्यसैले रोम भित्र सि.डि राखीनराख्नुहोस् ।
- Battery को मेटल connect बेला बेलामा सफा गरीरहनु होस् , लगभग १ / १ महिनामा , यसले battery बाट power ट्रान्स्फर रामो सँग हुन्छ ।
- Battery लाई एक पल्ट फुल charge गरीसकेपछि त्यसलाई लामो समय सम्म use नगरिकन छाड्ने नगरनुहोस्, एक पल्ट चार्ज गरी सके पछि कमसेकम हप्तामा १ चोटि भए पनि use गर्ने गर्नुहोस् । त्यस्तै battery लाई लामो समय सम्म discharge पनि छोड्ने नगरनुहोस् ।
- ल्यापटपलाई स्ट्यान्डबाइ mode मा हैन हाइबर्नेट mode मा राख्ने गर्नुहोस् । ल्यापटपलाई स्ट्यान्डबाइ mode मा राख्दा power त बच्छ तर हाइबर्नेटमा जस्तो बच्दैन ।
- यदि तपाईं battery बाट ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्ने गर्नुहोस् , तपाईं कुनै काम गर्दै हुनु हुँदैछ त्यही बेला गीत पनि सुन्दै हुनु हुँदैछ र आफ्नो ईमेल पनि चेक गर्दै हुनु हुँदैछ भने यो याद राखुहोस् कि तपाईंले आफ्नो battery लाई ज्यादा भार दिदै हुनु हुँदैछ ।
- यदि तपाईं ल्यापटपमा game खेल्दै हुनुहुन्छ भने तपाईंको battery धेरै बेर सम्म टिक्ने वाला छैन ।
- त्यसो त आजकाल नयाँ नयाँ टेक्नोलोजी आउँदै छ त्यस्तै नयाँ नयाँ battery हरु पनि , दिन भरी टिक्ने battery हरु पनि उपलब्ध भईसकेका छन त्यसैले नयाँ ल्यापटप किन्दै हुनु हुन्छ भने यो कुराको पनि याद राख्नुहोस् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने
यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android