
के तपाईलाई डन्डिफोरले सताएको छ ? यि हुन सक्छन् डन्डिफोर आउनुका कारणहरु
२२ पुष २०७५, आईतवार २०:१७
डन्डिफोरको समस्याले हामी मध्ये धेरैलाई सताएको छ । डन्डिफोरबाट हरेक उमेर समूहका मानिस पिडित हुन सक्छन् तर यसले किशोरावस्थामा रहेका युवा युवतीलाई बढी प्रभावित गर्दछ किनकि यो उमेरावस्थामा उनीहरुको शरीरमा हर्मोनको अवस्था गडबड हुुने गर्दछ। तर कतिपय अवस्थामा भने वयस्क व्यक्तिहरुमा पनि यसले समस्या पारेको देखिएको छ जबकी उनीहरु किशोरावस्थामा विल्कुल स्वस्थ थिए।
त्यसैगरी कतिपय अवस्थामा विशेष गरी दीर्घकालीन डन्डिफोरको समस्यामा र अझ यसलाई उपचार नगरिएको खन्डमा डन्डिफोरले नराम्रा दागहरु छालामा छोडेर जान्छन्। अनुहारमा खाल्डाखुल्डी परेर अनुहार नराम्रो देखिने आम समस्या भै सकेको छ। डन्डिफोरका दागहरु समयसंगै कम हुंदै जान्छ तर कहिलेकाहीं त्यसता दागहरु यति धेरै हुन्छन् कि त्यसले पिडितको व्यक्तित्वमै नकारात्मक असर पार्दछ।जानी नजानी हामी यस्ता गल्ती गरिरहेका हुन्छौ जसका कारणले डन्डिफोरको समस्या बारम्बार देखिने गर्दछ । आउनुहोस डन्डिफोरलाई बढाउने केही बानीहरुको बारेमा जानकारी लिऔ ।
डन्डिफोर आउने कारणहरु :
- डन्डिफोर आउनुको प्रमुख कारण मध्ये एक हो जंक फुड तथा तेलमा तारेको खानेकुराको अत्यधिक सेवन । यसप्रकारको खाना खाने बानीले छालामा चिल्लो हुन्छ र अनुहारमा डन्डिफोर देखा पर्दछ ।
- छालाको प्रदुषण धुलो, माटोको कारणले पनि डन्डिफोर आउन सक्छ । धुवा, धुलोको कारणले शरीरमा फोहोर जम्मा हुन्छ र डन्डिफोर बन्दछ । त्यसैले बाहिर धुवा वा धुलोमा निस्कदा अनुहारलाई सुरक्षित गर्नुपर्दछ साथै दैनिक राम्रो सँग अनुहार सफा पनि गर्नुपर्दछ ।
- अत्यधिक मात्रामा चिया तथा कफिको प्रयोगले पनि डन्डिफोर देखा पर्दछ ।
- धुम्रपान तथा रक्सी सेवनको कारणले पनि डन्डिफोर आउने गर्दछ ।
- कहिलेकाही वशांणु कारणले पनि डन्डिफोर आउने गर्दछ, कसैको छाला निकै चिल्लो हुने गर्दछ, जसको कारणले छिटो छिटो डन्डिफोर आउँछ ।
- औषधिको अत्यधिक प्रयोगका कारणले हार्मोनमा परिवर्तन हुन्छ, जसकारणले पनि डन्डिफोर देखा पर्दछ ।
- अनुहारलाई साबुनले धुनाले पनि डन्डिफोर देखा पर्दछ । साबुनको प्रयोगले अनुहार सुख्खा हुन्छ र डन्डिफोर देखा पर्दछ ।
डन्डिफोर दुर गर्ने उपाय
- यदि बारम्बार अनुहार धुने गर्नु हुन्छ भने मात्र पानीको प्रयोग गर्नुस् । हरेक पटक साबुन वा फेस वाँसको प्रयोग गर्न जरुरी हुदैन ।
- जंक खाने कुरा तथा तेलमा तारिएका कुराहरु कम खाने गर्नुहोस् ।
- चिन्ता तथा तनावबाट टाढा रहनुहोस, धुम्रपान र मद्यपानबाट टाढा रहनुहोस ।
- प्रयाप्त आराम गर्नुहोस ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान