Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
actors

विक्कीले गरे कट्रिनालाई विवाह प्रस्तावः सलमानको हेर्न लाएक प्रतिक्रिया

२३ पुष २०७५, सोमबार १५:३८


निकै चर्चा कमाएकी बलिउडकी एक सफल अभिनेत्री कट्रिना केफ केही समय अघि करण जोहरको चर्चित शो ‘कफि विद करणमा’ सहभागी भएकी थिइन् । कार्यक्रममा करण जोहरले प्रश्न गर्दै कट्रिनालाई अहिलेका नयाँ अभिनेता मध्ये कोसँग अभिनय गर्न चाहनुहुन्छ सोधेका थिए । कट्रिनाले जवाफ स्वरुप अभिनेता विक्की कौशलको नाम लिएकी थिइन् । कट्रिनाको यो कुरा करण जोहरले विक्की कौशललाई भनेपछि कट्रिनालाई आफ्नो नाम थाहा भएको भन्दै विक्की कौशल आश्चर्यचकित भएका थिए ।

भर्खरै एक अवार्ड शोमा कट्रिना र विक्की कौशलको भेट भयो र यही मौकामा विक्की कौशलले सलमान खानकै अगाडी कट्रिनालाई रमाइलो ढंगले विवाहको प्रस्ताव राखे । यसको एक भिडियो अहिले सामाजिक संजालमा चर्चामा रहेको छ । भिडियोमा विक्की कौशल कट्रिनालाई भन्छन् ‘अहिले विवाहको सिजन चलेको छ, यदी विवाह गर्न चाहनुहुन्छ भने विक्की कौशलमा साथ विवाह गर्न सक्नुहुन्छ ।’

यति भन्दै विक्की कौशल कट्रिनाका अगाडी सलमान खानकै पुरानो फिल्मको बहुचर्चित गीत ‘मुझसे शादी करोगी’ गाउन थाल्छन् । विक्कीको विवाहको प्रस्ताव पछि कट्रिना हास्न थाल्छिन् तर अगाडी बसेका सलमान खान साथमै बसेकी उनकी बहिनी अर्पिताको काँधमा टाउको राख्छन् । तर कट्रिना केफले विक्की कौसललाई जवाफ भन्छिन् ‘हिम्मत छैन’ । कट्रिनाको यो जवाफ पछि सलमान खान निकै खुसी हुन्छन् । सलमान खानले दिएको यो प्रतिक्रिया हेर्न लायक देखिएको छ ।

https://www.instagram.com/p/BsNIq0zFgF6/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत