वर्ण र जात विभेदमा गीताले के भन्दछ ?


वर्ण या जातको विभेदलाई नकारात्मक कुरा हो र यसमा दुईमत छैन् । श्रृष्टि समानताको घोतक हो अनि समाज आँफैमा एउटा मानवीय एैक्यवद्धताको स्वरुप पनि हो । तथापि वर्ण, जात अनि अन्य बिभिन्न आधारमा गरेको विभाजन अनि विभेदलाई विश्वका हरेक कुना कन्दरा अनि देश महादेशमा शदियौं देखि देखिआइरहेका छौं । हामीहरुले श्रोत अनि सम्पती माथिको स्वामित्वको आधार होस् या जात या धर्मको आधार ? बहुसंख्यंक या अल्पसंंख्यक, राजा या रैती खाल, भाषा या छालाको रंग वा लवज, मानिसले मानिसलाई बिभिन्न आधार अनि अवशेषमा विभेद त गरेकै छन् .
तर अहिलेको विश्व परिपेक्ष्यमा सनातन संस्कार अनि सभ्यतामा जात अनि वर्ण विभाजनको राम्रै आक्षेप लगाइने गरेको छ , समाजको उत्पति अनि बिकासक्रममा शक्तिशाली र पहुँचवालाले निरिह अनि कमजोरलाई हेप्ने गरेको चलन त ईतिहासमा सर्वत्र छ तर सनातन संस्कारमा मात्र यसरी आक्षेप लगाउने मान्छे अनि नव सम्प्रदायलाई यो आलेखमार्फत केही तथ्यहरु दिन चाहेका छौं .

श्रीमद् भागवत गीता को ५ को १८ मा
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।

अर्थात साधु त्यही हो जसले ब्राह्मणसंग केही ज्ञानको अपेक्षा राख्दछ, र समान दृष्टिले गाई, हात्ति, कुकुर या अन्य सबै मान्छेलाई हेर्न सक्दछ ।
ब्राह्मणलाई एउटा उच्चकोटिको जात भन्दा पनि उच्चकोटीको सोचका रुपमा लिन सक्नुपर्ने हुन्छ . ज्ञानको खोजिमा भएका अनि ज्ञानमार्ग र भक्तिमार्गमा साधना गर्ने सबै जना ब्राह्मण हुन् . कालान्तरमा कुनै नश्ल या खलकहुलाई ब्राह्मण करार दिइएतापनि तपस्वी र शोधकर्ता रिसीम’नीह?को कार्य अवस्थिती नै ब्राह्मणीय चरित्र हो |

माथिको श्लोकमा पनि ब्राह्मण भन्नाले कुनै जात या वर्ण नभईकन विधाका प्रवाहक भनि संकेत दिएको छ भने हात्तिले वलवान, कुकुरले निर्बल, गाईले निर्धा अनि अन्य मान्छेले समस्त विश्वको प्रतिनिधित्व गरेको छ । सबैलाई समान रुपले लिन सक्ने ब्यक्तिलाई साधु भनि उल्लेख गरेको सनातन संस्कारले जात या वर्णका रुपमा बिभेद कहिँकतै गरेको छैन् । जात या कार्यका आधारमा वर्गिकरण भनें गरिएको छ तर त्यस वर्गिकरणको आधारमा बिभाजन गरिनु चाँही नराम्रो हो |सनातन संस्कारले कर्म र धर्मको प्रष्ट फरक छुट्याएर राखेको छ, कर्मका आधारमा धर्मलाई जोडेको सनातन सस्कारमा ब्राह्मण, क्षत्रिय, बैश्य अनि शुद्र सबै जातहरु ऊँच या नीच नभइकन कर्मका आधारमा फरक राखिएको तथ्य छ । फेरि उल्लेख गर्न चाह्यौं यो वर्गिकरण थियो बिभाजन थिएन |

आज हिन्दुत्व अनि सनातन संस्कारको सबैभन्दा दुर्बल पक्ष नै वर्ण र जातको विभेद भएको छ । विश्वमा लाखौं टर्की चराहरु काटिएर चाडपर्व मनाँइदा चलन अनि परम्परा हुन्छ भनें हामीले दिइने वलिप्रथालाई भनें चौतर्फी जनावर अधिकार अनि दानवीय भनेंर आलोचना गरिन्छ हामी हिंसाका पक्षधर त हैनौं तर परम्परादेखि चलिआएको चलनमाथि यसरी सहजै प्रश्न उठाइनु भनेंको हाम्रो धर्म र पहिचान माथि कै प्रश्न हो यस्तै सनातन संस्कारमाथि हमला गर्ने तर्कका कारखाना भएका उपबुज्रुक समुदायले जातिय अनि वर्गिय विभेदलाई बहुतै प्रयोग गरेका छन् सनातन संस्कारको जरोमा यस्ता कुनै विभेदको उल्लेख गरिएको पाइन्न, तथ्यहरुको ठिक ब्याख्या अनि आत्मसाथ गरिन जरुरी छ . हजारौं वर्ष अघिका सनातन संस्कारका ग्रन्थहरु आज पनि उत्तिकै परिपेक्ष्य मिल्ने अनि सान्दर्भिक छन् वर्ण र जातको विभेदलाई पुरातनवादि भनेर बिभिन्न आरोप लगाइएपनि वास्तवमा यो पुरानो जमानाको नभइकन पछि आएर अपव्याख्या भएको तथ्यका रुपमा छ । सामाजिक ब्यबहार अनि धार्मिक चिन्तन धेरै हदसम्म फरक कुरा हो, जातिय विभेद अनि वर्ण बिभेदलाई धार्मिक चिन्तन भन्दा पनि सामाजिक व्यबहारका रुपमा पनि लिइन जरुरी छ ।
रिग्वेदको यस पुरुषुक्त्त श्लोकले धेरै कुराहरु लाई उजागर गरिदिएको छ ।

ब्राह्मणः अस्य मुखम् आसीत् बाहू राजन्यः कृतः
ऊरू तत्-अस्य यत्-वैश्यः पद्भ्याम् शूद्रः अजायतः

कर्मका आधारमा व्याख्या गरिएको यस श्लोकले कर्मकै आधारमा ब्राह्मण, क्षेत्रिय, बैश्य अनि शुद्रको कार्य व्याख्या गरेको छ । सबैलाई समान मान्दै यस श्लोकले ब्राह्मण बिराट पुरुष, क्षत्रिय आफ्ना बाहु, बैश्यहरु आफ्ना तिघ्राका बल अनि शुद्ध्रहरु आफ्ना पैतालाका माध्यमवाट समान अनि सम्माननिय रहने जनाँउदछ ।

वर्ण प्रथा भनेको के हो ?

वर्ण भनेको स्वभाव हो । समाजमा उपलब्ध श्रम अनि तिनको व्यबहारका आधारमा वर्ण प्रथा बनाइएको हो जसमा ठूला या साना भन्दा पनि मानविय व्यबहारका आधारमा बिभाजन गरिएको छ । हरेक व्यक्ति बिशेषको आआफ्नै चरित्र अनि क्षमताका आधारमा प्राचिन कालमा वर्ण प्रथा बनाइएको थियो । यस प्रथा अनुरुप ब्राह्मणको सन्तान पनि ब्यापार या यूद्धमा लागेमा क्षत्रिय कहलाउने अनि शुद्र पनि अध्ययन र भक्तिमार्गमा लागे ब्राह्मण कहलाउने प्रथा थियो । स्वामी माधवाचार्यले गीता भाष्य को १८ औं खण्डमा यस प्रकार भनेका छन्

ततः ऊनम् शमाद्ययिः यः शुश्रूषुः शूद्र उच्यते I

अधिकाष्चेद गुणाः शूद्रे ब्राह्मणादि: उच्यते

अर्थात यदि ब्राह्मणले नै क्षमा लगायतका अन्य क्षमताहरु हराएमा शुद्र हुने भनि बताइएको छ । मान्छेलाई परिवार या खलक भन्दा पनि उसको व्यक्तिगत चरित्र अनि ज्ञानका आधारमा बिभाजित गरिएको पाइन्छ । यस श्लोकमा शुद्ध्रले पनि क्षमा लगायतका अन्य ब्राह्मणीय गुण आर्जन गरेमा ब्राह्मण कहलाउने बताइएको छ ।

भागवत गीतामा स्वयम भगवान श्रीकृष्णले भन्छन्

चातुर्वर्ण्यां मया सृष्टुं |
गुण कर्म विभागशः

अर्थात मैले समाजलाई मान्छेको क्षमता र कार्यका आधारमा वर्गिकृत गरेको छु । जिवन अनि कुल कस्तो भन्दा पनि कर्म अनि गुणले वर्ण निर्धारण गरिनेछ । अमर कोषमा पनि जाति भन्ने शब्दलाई गज्जबले चिरफार गरिँदै मानव जाति, पुरुष जाति या रुपत्व जातिका रुपमा ब्याख्या गरिएको छ ।माथिका सम्पूर्ण श्लोक अनि तथ्यहरुले जात अनि वर्ण जन्मका आधारमा तय नहुने कुरा उजागर गरेका छन् । सनातन सस्कारको समान अनि बृहद नक्षत्रभित्र हरेक जात, धर्म अनि वर्णहरु समान छन् । जातिय विभेदको अन्त्य गरौं, सनातन संस्कार जोगाऔं ।
-सुयोग ढकाल


Loading comments...