हिन्दु धर्ममा शखंको महत्व


सुमेरु पर्वतको दाँयातर्फको भारतवर्षमा उतिवेला अहिलेको ईरान सम्म, पर्वतखण्डे अहिलेको अफगानीस्तानसम्म अनि अन्य अनेकन सीमा सम्म फैलिएको थियो । एउटा सभ्यताको पुञ्ज त्यो दर्शन अनि बिज्ञानले भरिएको सभ्यता, आज पनि सनातन संस्कार अनि हिन्दु धर्मको दर्शन अनि बिज्ञान विश्वले शिरोधार्य गरेको छ । आँगनको तुलसीमोठ, एउटा पुजाकोठा, दैनिक चढाईएका फूलहरु , प्रसादी राख्ने सानो कचौरा, पञ्चपात्रो, चन्दन घोट्ने चनौटो अनि अचामनी अर्थात जल अचाएर शिरमा राख्ने सानो धातुको चम्चाजस्तो पुजासाम्रगी आदिहरु लगभग हरेक सनातन संस्कार अनुयायीका घरमा हुने कुराहरु हुन् ।

लाईभमाण्डु मार्फत हामी हामीले भूल्न आँटेका संस्कार अनि सभ्यताका अवयवहरु लिएर आँउछौं भन्ने कुरा त यहाँहरुलाई थाहै छ । आउनुहोस् आज हामी शंखको विषयमा उत्खनन गरौं । शुभकार्य अनि मर्दापर्दा पनि शंखको ध्वनी निकै बहुतै महत्वपूर्ण मानिन्छ । एकेहोरो शंख बज्दा दुख्खको संकेत र दोहोरो शंखमा शुभसंकेतको घोतक हामीले बुझ्दछौं । शंख एउटा ध्वनीयन्त्र मात्र नभई हाम्रो सभ्यताको एउटा पहिचान अनि महत्वपूर्ण सामाग्री पनि हो ।

हाम्रो नयाँ पुस्ताले बिर्सन आँटेको एउटा साम्रगी शखंका वारेमा ब्याख्या गर्दैछौ ताकि आँउदा पुस्ताले हाम्रो संस्कार अनि सभ्यताको यो गहिराई, तथ्यगत शोध अनि महत्व थाहापाउन् । शंख समुन्द्रमा पाइन्छ र यस्को सनातन संस्कारमा ठूलो भुमीका छ । नेपालजस्तो एउटा भौगोलिक देशमा समुन्द्रमा पाईने जिवको अवशेषको यो प्रचलनले हाम्रो सामुन्द्रीक सभ्यतालाई उजागर गर्दछ, हामी समुन्द्र किनारवाट सभ्यताको लहरमा तैरिदै आएका हौँ भन्ने पनि पुष्टी गर्दछ ।

शखं एउटा सामुन्द्रीक जिव हो, जस्को वाहिरको खोस्टोलाई मुखवाट हावा हालेर वजाईन्छ । शखंको ध्वनी वास्तवमै कर्णप्रिय र शुभ रहने भनाई र वैज्ञानीक विष्लेषणहरु छन् । अंग्रेजीमा शखंलाई ऋइल्ऋज् भनिन्छ । महाभारतको यूद्ध, रामायणमा राज्यभिषेक देखि विवाह व्रतबन्ध अनि मृत्युको मलामी सम्म शखंनादले जनाउ गर्ने सनातन संस्कार छ । शखंको दुईवटा धुन हुन्छ, शुभ र अशुभ । एकोहोरो शखंले अशुभ या पिडादायी जनाउ दिन्छ भने दोहोरो शखंले शुभकार्य को जनाउ दिन्छ । शखं वजाउनाले बजाउने मान्छेको पनि श्वासप्रश्वास राम्रो हुने विश्वाशमात्र नभई तथ्य नै छ ।

यता अहिलेको अर्घाखाँचीमा पर्ने पाणिनी तपोभूमिमा शखं र डमरुको ध्वनीले महर्षि पाणिनीले शब्दहरुको अविष्कार गरेको पौराणीक विश्वास पनि र पुष्टि भएको इतिहासपनि छ । भनिन्छ कि घडिको दिशातर्फ धुमेको शखंको विचको भागले व्रह्माण्ड अनि यस्को असिमीत स्थानका वारेमा प्रतिनीधीत्व गर्दछ । वटारिएर रहेका यी स्थानहरुलाई खोल्न सकिएमा सम्पूर्ण व्रह्माण्डनै यस्मा अटाउने अदभुत अलौकीक स्थान रहेको विश्वास भएका यी शंखहरु स्वयम जलाशयमुनी बिराजमान शेषनागमा अवस्थित भगवान विष्णुका प्रतिकका रुपमा मानिन्छन् । विष्णु भगवान कमलको फूलमा शेष नागले विराजमान भएर समुन्द्र मुनी विराजमान भएको पुराणहरुले पालैपिच्छे ब्याख्या गरेको छ । विष्णु भगवानको ५ वटा मुख्य हतियारहरुमा शखं पनि पर्दछ, वहाँका पाँचवटा हातहरुमा एउटा हातमा शखं पनि रहेको छ ।

यदि शखंको घुमाई घडिको दिशाको उल्टो तर्फ घुमेको छ भने त्यसलाई प्रकृतीको नियमका रुपमा मानिन्छ, यस्ता शंख भगवान शिव र विनाश सित समबन्धित मानिन्छ, स्मरण रहोस् विनाशलाई बिकासको प्रथम चरणकारुपमा पुराण अनि गीताले ब्याख्या गरेको छ । अन्त नै शुरुवातको प्रारभ्भिक अवस्था हो भनेंर त हामीलाई पनि थाहै छ नि हैन ? शखं बजाउने कुरामा पोख्त पात्रका रुपमा महाभारतमा अर्जुनलाई उजागर गरिएको छ । राम्रोसँगले शखंध्वनी निकालेमा नराम्रा आत्माहरु, हानीकारक जिवहरु अनि प्राकृतीक विपत्तिहरु टर्ने संभावना रहन्छ भनेर शास्त्रहरुमा लेखिएको छ ।

भगवान शिवको नृत्य अनि भजनमा शखंको प्रयोग विना पूर्ण नहुने हुन्छ । शिवलाई शकंर पनि भनिन्छ, अझ संस्कृतमा यस्को उच्चारण शखंर अर्थात शखंकरा भन्ने हुन्छ, यो शब्द शखंवाटै ब्यूतपति भएको विभिन्न हिन्दुधर्मको दस्तावेजमा उल्लेख गरिएको कुरा अडकल काट्न सकिन्छ, शखंकरा अर्थात शखं बजाउने ब्यक्ति अर्थात शिव । यस तथ्यले त शिवलाई पनि शंखसंग जोडिदिएको छ है । चाल्र्स डार्बिनले यूनिसेलुलर जीव, एमोयिबा, प्रोटोजोआ जस्तै मान्छेपनि सुष्म रुपमा पानीबाटै बिकासक्रममा गएको हुन सक्ने बताँइरहँदा पानीकै जीन शंखलाई सनातन संस्कारमा हजारौं वर्षदेखि दिइएको यो महत्व बहुतै सान्दर्भिक लाग्दछ । एकफेर शिवले विष्णुको शखं चोरेको कुरा पनि विष्णुपुराणमा उल्लेख छ । पछी गणेशको पुजाअर्चना गरेपछी उक्त शखंको कुरा शिव र विष्णुबिच मिलेको थियो ।
विष्णु भगवानको तल्लो अनि देब्रे हातले संसारको चक्र, श्रृजना अनि चलनलाई प्रतिनिधित्व गर्दछ, संसारको चलन अनि अनुभुतीको कुरा गर्दा पञ्चजन्य अर्थात पाँचवटा तत्वहरु, पानी, आगो, हावा, माटो अनि आकाश अर्थात व्रह्माण्डलाई बुझँउदछ, शखंंध्वनीले यी पाँचैतत्वलाई श्रृष्टीको प्रथम आकार र आवाज दिन्छ भनेर विष्णुको ब्याख्या गरिएको छ ।

ओमकार को कुरा पनि यहि जोडिन्छ, भर्खरै वैज्ञानिकहरुले गरेको सुष्म अध्यनका आधारमा सूर्यवाट प्रकाश निस्कदा एकरुपमा ओमकारको आवाज आउने पुष्टी गरेका छन्, यहि ओमकार शदियौँ देखि सनातन चलनमा सँधै प्रयोग गरिन्छ । ओमकारको प्रयोगले मान्छेमा पनि सूर्यको जस्तो तेज आउने विश्वास छ, योगआसन अनि पुजापाठमा ओमकार अनिवार्य छ । समुन्द्रमन्थन पछी निस्केको पवित्र कुराहरुमा शखंपनि एउटा कुरा हो । देब्रे तर्फ घुमेको र दाहिने शखंमध्य देब्रे शखं लाई भलम्पिरि या लक्ष्मीशखंका रुपमा अझ पवित्र मानिन्छ । सूर्य उपासना अनि धनका राजा कुबेरको पनि धन अनि वैभवको उजागरात्मक तत्वकारुपमा शखंलाई वैभवको प्रतिकका रुपमा पनि मानिन्छ । यसै कारणले पनि होला हाम्रो संस्कारमा शंखलाई यति धेरै महत्व दिइएको , शखंध्वनी वास्तवमा कानले सुन्दा पनि आनन्द लाग्ने तरंगको हुन्छ । च्याँठ्एिर नबज्ने अनि मध्यम तहमा गज्जबले बस्ने शंख हाम्रो संस्कारको बिशिष्ट तत्व हो । यस शखंको प्रयोग अनि महत्वले विज्ञानको आविष्कारमा थप टेवा पुगोस्, एकदिन विश्वभरि शान्तिको ध्वनी गुञ्जियोस्, धर्म हैन मानवताको मर्मको रक्षा होस् । कल्याण होस् |

-सुयोग ढकाल

अंग्रेजीमा पढ्नुहोस् : The importance of Sankha (conch shell) in Hindu religion


Loading comments...