
फूललाई माया गर्ने ओशो
२४ पुष २०७५, मंगलवार ०८:०३
जनवरी महिनाको १९ ताखिमा ओशो ले समाधी लिएको २९ सौं वार्षिकी हुँदै छ । ओशोले भनेंका तार्किक कुराहरु अनि उन्का प्रखर वाणीहरुले आज पनि मानव संवेदना, चेतना अनि समाजमा ठूलो प्रभाव पारेको छ । एउटा भनाई अनि विष्लेषणले आज शुरुवात गर्न चाह्यौं, हामी ओशोको ।
वहाँ भन्नुहुन्छ कि माया भनेंको श्वासप्रश्वाश जस्तो हुन पर्दछ । यो बडो गज्जब र चित्तोकर्षक मायाको परिभाषा अनि विष्लेषण ओशो ले गर्नुभएको छ । मान्छे सदैव आफूले अरु कसैलाई माया गरेको एउटा भ्रममा हुन्छ । माया गरिने या हस्तान्तरण गरिने कुरा हैन्, यो त स्वभावत आँफैमा अन्र्तनिहित हुने कुरा हो । जस्तै कि श्वासप्रश्वाँस, चाहे हामी जहाँ या जोसंग हुन्छौं तर श्वाँसप्रश्वासको क्रिया हामीभित्र चलिरहेकै हुन्छ । ठिक त्यसै गरि माया पनि हामीमा श्वाँसप्रश्वासको क्रिया झैं भइरहेको हुन पर्दछ, माया गरिने कुरा हैन् यो त आँफैं भएको र हुने एउटा भाव हो । माया कसैले कसैलाई गर्ने कुरा हैन्, मैले यसलाई वा उसलाई माया गरें भन्दा पनि माया शव्द अनि भावलाई मात्र पछ्याउन अनि न्याय दिन सक्नुपर्दछ ।
लाईभमाण्डुले ओशोका वचनहरु अनि विष्लेषण यस जनवरी महिनामा घरिघरि ल्याउने गरेको छ । आउनुहोस् आज कुरा गरौं ओशोका उत्कृष्ट ५ भनाँईहरु ।
love a flower, don’t pick it up.
Because if you pick it up it dies and it ceases to be what you love.
So if you love a flower, let it be.
Love is not about possession.
Love is about appreciation.”
-Osho
फूललाई माया गर्नेहरु, फूललाई नचुँड
किनभनें यसरी फूललाई टपक्क चुँड्दा फुल मर्दछ अनि त्यो स्वरुपमा रहँदैन जुन स्वरुपमा तिमीलाई फूल मनपरेको छ
तसर्थ फूललाई माया गर्नेहरु त्यसलाई आफ्नै स्वरुपमा रहन देउ
माया हासिल गर्नुमात्र हैन
माया भनेंको सराहना हो
Experience life in all possible ways —
good-bad, bitter-sweet, dark-light,
summer-winter. Experience all the dualities.
Don’t be afraid of experience, because
the more experience you have, the more
mature you become.”
-Osho
जीवनलाई हरेक संभव तवरमा अनुभव गर
राम्रो, नराम्रो, गुलीयो, तितो, अँध्यारो, उज्यालो
गर्मी, जाडो अनि सबैप्रकारका विभिदतालाई अनुभव गरौं
अनुभव गर्न बाट नडराऔं किनभनें
जति धेरै अनुभव तिमीले गर्दछौ
जीवनको पथमा तिमी त्यती नै परिपक्क हुँदै जानेछौ
Be – don’t try to become
-Osho
हुनु , हने प्रयास नगर्नु |
वा
स्व को निजता मा रहनु केही पनि हुने प्रयास नगर्नु
Life begins where fear ends.
– Osho Bhagwam Shree Rajneesh
जहाँ भयको अन्त्य हुन्छ त्यही बाट बल्ल जीवन सुरु हुन्छ |
Truth is not something outside to be discovered, it is something inside to be realized.
-Osho
सत्य कुनै बाहिर खोज्नपर्ने कुरा हैन । यो त आफुभित्र नै आत्मसाथ र उजागर गरिनुपर्ने कुरा हो ।
अन्तमा ओशोको एउटा बहुतै गहन भनाई छाड्दै बिदा माग्छौं ।
Darkness is an absence of light. Ego is an absence of awareness.
प्रकाशको अनुपस्थिती नै अन्धकार भए झैं चेतनशीलताको अनुपस्थिती नै अहंकार हो ।
आजको मान्छेमा अहंकार बढ्दै गएको छ, दम्भ र अहंकरको यस विश्वमा ओशोका भनाईहरुले विश्व शान्ति अनि विश्वन्धुत्वमा धेरै भूमिका खेल्न सकुन् ।
जयहोस् अनि जीवनको आनन्द लिन नभुलौं । जीवन एउटा उत्सव हो, मनाऔं हरेक दिन एउटा उत्सव झैं । मुस्कुराउनुहोस् है ।
-सुयोग ढकाल
ओशो सम्बन्धी अन्य लेखहरु
- सन्त मीरा को नृत्य र बुद्धको शान्ती को मिलन नै ओशो हो
- ओशो ज्यूदै भएको भए
- ओशो महा पारीनिर्वाण दिवस अर्थात आज ओशोले शरीर त्याग गर्नुभएको दिन
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ