Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

चलचित्रकर्मी पौडेल ग्लोबल नेपाली फिल्म अवार्डबाट सम्मानित

२३ पुष २०७५, सोमबार १९:४२

लोकप्रिय

डेनभर, कोलोराडो अमेरीकामा सम्पन्न तेश्रो ग्लोबफ नेपाली फिल्म अवार्ड २०१८ को निर्मता तर्फको अवार्ड राज्जा रानी तथा रुद्रप्रियाका निर्माता रमेश एमके पौडेलले प्राप्त गर्नुभएको छ । अवार्ड ग्रहण गर्दै निर्माता पौडेलले नेपाली सिनेमाको उन्नतिमा निरन्तर लागि रहने वचनवद्धतासंगै अवार्डका लागि आयोजकलाई धन्यावद ज्ञापन गर्नुभएको थियो । नेपाली चलचित्रलाई मनमुटुमा समेटेर देशदेखि धेरै पर अमेरीकाको यस धर्तीमा हामी नेपाली चलचित्रको उन्नतिका गर्नसक्ने कामहरु प्रशस्त छन्, पौडेलले थप्नुभयो ।

कार्यक्रममा निर्माता पौडेलले शिघ्रातिशिघ्र प्रशारणको तयारीमा रहेको Bodhi HD को बारेमा पनि उपस्थित कलाकारहरुबिच प्रकाश पार्नुभएको थियो । नेपाली चलचित्रको प्रबर्द्धनका लागि नेपाली चलचित्र, वेब सिरिज तथा रियालिटी शोहरु निर्माण गरेर अथवा निर्माण गर्न लगाएर Bodhi HD को एप, वेब, Bodhi अनलाइन एफएम तथा विश्वभरका नेपालीहरुको पहुँचमा विभिन्न माध्यमबाट Bodhi HD च्यानल पुर्याउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।


लाइभमाण्डूसंगको कुराकानीमा पौडेलले भन्नुभयो, “हामीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा किन न लिएर जाने भन्ने विषयमा हाम्रो गृहकार्य भईरहेको छ सो गृहकार्यकै निचोडस्वरुप हामीले आगामी महिनाबाटै
 हलिउड र बलिउडका केही कलाकार सम्मिलित चलचित्र चार भिन्न भाषामा निर्माणको तयारी गरेका छौं । यो खुशीको खबर हामी चाँडैनै सबै मेडियाहरुबाट जानकारी गराउने छौं ।”

कार्यक्रममा “A Woman Scorned” का नायक तथा अमेरीकी फिटनेस एक्सपर्ट Abe Cruz को उपस्थितिले रौनक थपेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा