Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
tu

त्रिविविद्वारा क्याम्पसहरुमा स्ववियु चुनाव गराउन निर्देशन

२३ पुष २०७५, सोमबार २०:३२


त्रि.वि.ले आफ्ना मातहतका क्याम्पसहरुमा स्ववियु चुनाब गर्न निर्देशन दिए बमोजिम यहि फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रि.वि. विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो । थापाको अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई पत्राचार गरी निर्देशन दिइसकिएको छ । पत्रमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचितको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले निर्वाचनको लागि पूर्वतयारी गर्ने/गराउने कुरा उल्लेख गरिएको छ ।

त्रि.वि.का ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रि.वि.ले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

गत स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी सङ्घ–सङ्गठनको सहमतिमा निर्वाचन गर्न पत्र मार्फत अनुरोध पनि गरिएको छ । गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग