Lifestyle Portal
  •   ३१ आश्विन २०७८, आईतवार

घर नभुलेकी दिलासा

२४ पुष २०७५, मंगलवार १७:००

महाकवी लक्ष्मी प्रसाद देवकोटाको एउटा भनाई जुन मलाई यिनै मीस नेपाल यू एस २०१८ दिलासा न्यौपानेले सुनाएर फेरि झस्काइदिइन्, पूर्न स्मरण गराइदिईन् । घर छोड तर घर न बिर्स , यस्तै केही कथाहरु हामी लिएर आँउछौं जिवन्त पात्रहरुको लाईभमाण्डु मा ।
नेपालीहरु छरिएर रहेका छन्, सुमेरु पर्वत मुनीको नेपाल अनि कैलाश पर्वतको शयलको यस भूमिमा वासीहरु अब विश्वका हरेक भूभागमा पुगेका छन् । सगरमाथा मुनी वाट भूमध्यरेखा सम्म, उत्तरी र दक्षिणी ध्रुवका गोलहरु सम्म, प्रशान्त महासागर, स्क्यान्डेनेभियन सागर, आन्द्र महासागर, बंगालको खाडि देखि पृथ्वीका हरेक टुक्राटाक्रीमा सग्लो नेपाल पुगेको छ । यस्तै घर नबिर्सिएकी एकजना चेली आज हामी संग छिन्, दिलासा न्यौपाने । गएको १२ वर्षअघि नेपालबाट सपरिवार अमेरिकामा पुगेकी यिनी अहिले आफ्नो सोच र निर्भिकताका लागि त्यहाँ चिनिने रहिछिन् ।

उनी हुन मीस नेपाल यू एसए २०१८ दिलासा न्यौपाने । मीस नेपाल यू एसए दिलासा न्यौपाने लाईभमाण्डु अफिसमा आउदैछिन भन्ने कुराले हामी उत्साहित थियौं । हामीले उनी नेपाल पर्यटन वोर्डको अमेरिकाको लागि पर्यटन वर्ष २०२० को एक्बासडर पनि भएको पहिल्यै चाल पाइसकेका थियौं । अमेरिकामा बसोवास गर्ने दिलासा मेडिकल बिधार्थी हुन्, यिनी डाक्टरीको अध्ययन गर्दैछिन भन्ने कुरा पनि हामीलाई थाहा थियो । साँझ झमक्कै पर्न आँट्दा उनी हाम्रो कार्यालय आइपुगिन् । दिलासाले भर्खरै १५ दिनअघि आफ्नो पिता गुमाएकी छिन्, केही दिनअघि फोनमा कुरा हुँदा उनी पितृकार्यमा ब्यस्त थिइन । अब पर्सि उनी फेरि अमेरिका जाँदैपनि छिन् अनि तमाम ब्यस्तताको बिचमा उनलाई कार्यालयमा देख्न पाँउदा हामी खुशी छौं । उनी उन्को आमा संगै आएकी छिन्, आज हामी उन्का बारेमा अनि उन्को नेपाल मोह अनि बिचारका बारेमा कुरा गर्नेछौं भनेंर म पनि सादा कापी, एकथान कलम अनि कम्प्यूटर लिएर बसेको छु ।
सुवास भण्डारी फोटो खिच्दै छ अनि म कुराकानीमा लागें ।

मीस नेपाल यू एस भन्नासाथ एकखालको ग्ल्यामर अनि फेशन लगायत कुराहरु अनि धारणाहरु म अनि मेरा प्रश्नमा हुनु स्वभावत ठिकै हो । तर दिलासासंगको कुरा गराईमा उनी आधुनिकता भन्दा मौलिकता र दर्शनले भरिएको छनक पायौं, यो एउटा कन्ट्रास्ट नै भन्नुपर्छ । मैले यसै बिषयमा सोधें दिलासा तपाँईले दिएका उत्तर र शब्दको संयोजन आँखा चिम्लेर सुन्दा भने किन हो मलाई एउटा दार्शनिक या वेशाशनमा बसेको पुरोहित संग कुरा गरेको भान भइरहेछ ? सुयोग दाई म त्यो हुँ जे मैले सिकें, मेरा मौलिक धारणा, नेपालप्रेम अनि पारिवारीक मुल्य मान्यताले मलाई बनाएको छ । अध्यात्म अनि अहिलेको विश्वको दौडमा सन्तुलन जरुरी छ अनि यो सन्तुलनमा मेरा अभिव्यक्तिहरु केही फरक त हुनै पर्यो नि ?
उनी अमेरिकामा मेडिसिन अध्ययन गर्दैछिन अनि भविष्यमा पढाई सकेर न्यूरोलोजीमा विशेषज्ञता हासिल गरेर उनी नेपाल फर्कन चाहन्छिन् । अनि अहिले चाँही दिलासा आफ्नो पुस्ताका लागि एउटा आवाज बन्न चाहने बताँउछिन् । म कपीमा टिप्दैछु अनि उनी भन्दैछिन् । अहिले विरुश्वभरि फैलिएर बसेका नेपालीहरुको दोश्रो पुस्ता जो त्यही जन्म भएर हुर्किए उनीहरुमा एउटा पहिचानात्मक द्धन्द हुने गरेको पाइन्छ । आइडेन्टेटी क्राइसिस भएका पुस्ताहरुमा आफ्नो पहिचान नेपाल भित्र भएपनि त्यहाँको अनभिज्ञता अनि आफु भएको भूमिमा पहिचानको परिलक्षीत खोज भनें गरिरहन्छन् । म ती पुस्ताहरुको पहिचानको खोजिमा एउटा आवाज बन्न चाहन्छु, दिलासा ले खरो आवाज दिइन् । हामी नेपाली हौं चाहे जहाँसुकै बसौं तर बसोवासले हामीलाई सिमाबाहिर राखे पनि हाम्रो पहिचान यूगौयूग सम्म नेपालीपना संगै जोडिने हो । नेपालमा बस्नु र नबस्नु अनि नेपाली हुनु फरक कुरा हो र पहिचानको यस दौडमा म एउटा पुस्ताको आवाज बन्न चाहन्छु ।

आफु चिकित्सक भएकाले दिलासाले घरि घरि मेडिकल पोलीटिक्सको कुरा पनि ल्याइन्, मैले उत्सुक्तापूर्वक यस कुरा पनि सोधें । अमेरिकामा बसाँई अनि अध्ययनका क्रममा राजनितीले मेडिकल क्षेत्रमा अनि जनस्वास्थ्मा पार्ने प्रभाव र ल्याउने नितीहरुमा गरेको असर उन्ले नजिकबाट देखेको र बिष्लेषण गरेको बताइन् । नेपालमा पनि जनस्वास्थको चासोका कुराहरु अनि सरोकारका मुद्धाहरुका लागि मेडिकल पोलीटिक्सको प्रभावकारीतामा उनको जोड थियो । दिलासा अब अध्ययन सकाएर नेपाल फर्किएपछि चाँही यस क्षेत्रमा के गर्ने सोच छ भन्दा उन्का दुई बुँदाका उत्तरहरु आए । पहिलो उनी नेपालको ग्रामीण भेकमा संक्रमण नियन्त्रण गर्न चाहन्छिन, ईन्फेक्सन कन्ट्रोल गर्ने जरुरी रहेको उन्को ठम्याई छ । अनि शहरी क्षेत्रमा बढ्दो क्यान्सरको संक्रमणमा जनचेतना जगाउन अत्यन्त जरुरी रहेको उनी बताँउदछिन् । यसका लागि रोगहरुको केन्द्रित ठाँउहरुमा जनचेतना कार्यक्रमहरु ल्याउन जरुरी उन्को ठहर छ ।

मेरो पढाई बाँकी छ र अहिले म त्यसमा फोकस गर्छु तर भविष्यमा नेपाल फर्किएपछि म जनसरोकारका यस्ता कुराहरुमा लाग्नेछु । पोलीटिक्सलाई मडिसिनले कसरी मेन्ड गर्न सक्छ अनि सुशाषनमा कसरी प्रभाव पार्न सक्दछ मैले बुझेदैछु । हेल्थ मिनीस्ट्री देखि स्टेट लेभल क्लीनीकसम्म जानकारी, जनचेतना अनि रोग बिशेष रोकथामका कुराहरु प्रवाह गरिन जरुरी छ । फेरि जनस्वास्थका मुद्धामा सरकार अनि निजी क्षेत्र पनि एकसाथ हुन जरुरी छ र साथसाथै सामाजि सुरक्षाका प्रावधानहरु प्रर्वधन गर्न अत्यन्त जरुरी पनि छ ।
दिलासालाई यसपाला नेपाल आँउदा केही आधुनिक बृद्धबृद्धा स्याहार केन्द्र देखेर धेरै खुशी लागेको छ भन्छिन् । नेपालमा यस्ता स्याहार केन्द्रहरु अझै राम्ररी खुल्न अनि प्रभावकारी हुन जरुरी देख्दछिन दिलासा । हुन त उन्लाई नेपाली जनसरोकार अनि जनस्वास्थका बिषयमा नेपालको निती नियमहरु उति थाहा छैन तर बिदेशमा जस्तो नेपालमा औषधी कम्पनीहरु सरकार अनि सरकारी स्वास्थ प्रावधानमा हावी नभएकोमा उनी खुशी छिन् । सामाजिक सुरक्षाको प्रावधानमा मान्छेहरुको उमेर अनि अवस्थाका बिवरणहरु पनि बैज्ञानीक बनाइनु पर्दछ उनी जोडछिन् । उनी पेन्टिगं गर्न र स्वयंसेवीका भएर सामाजिक कार्यमा संलग्न हुदाँ खुशी हन्छिन् । खाना पकाउन, अध्यात्मिक पुस्तकहरु पढ्न, दर्शनका बारेमा जान्न अनि संस्कार र सभ्यताको जानकारी र अनुभव लिन उनीलाई खुशी लाग्दछ । मैले दिलासालाई के गर्दा खुशी हुनुहुन्छ त भनेंर प्रश्न राखेको थिए । उनीले खुशीलाई एउटा सन्तुलनका रुपमा लिएर समयको प्रभावकारी उपयोगीतालाई खुशीसंग जोडिन् । त्यसो भए दिलासा के के देखेर चाँही खुशी हुनुहुन्छ त ? मैले सोधें । उनी बच्चा निर्बाध रुपमा खेलेको , बुढाबुढी जोडीहरु मिलेर हिँडेको लगायत ससाना कुराहरुमा खुशी हुने रहेछिन् । सामान्यरुपमा मान्छेहरु बिदेश जान पाँउदा, या धेरै धन कमाँउदा या अरुलाई हराँउदा खुशी हुने गरेको हाम्रो अहिलेको परिपेक्ष्यमा दिलासा न्यौपानेको खुशीको परिधीको सामान्य ब्याख्याले मलाई भनें छोयो ।

अनि अरु के गर्दा खुशी भइन्छ, म फेरि सोध्न तिर लागें । परिवारको अपेक्षा पुरा गर्दा अनि आफ्नो सहजता बाहिरका कामहरु अनि चुनौतीहरु गर्दा उनी खुशी हुने रहेछिन् । अध्यात्म अनि वैदिक दर्शनका कुराहरु पढ्दा उन्को खुशी बढ्ने रहेछ । श्रीमद भागवत गीता लगायत अन्य धेरै दर्शनका अनि धर्मका पावन पुस्तकहरु उन्ले पढेको बताइन । हामीले हाम्रो भगवानसंगको समबन्ध अनि प्रकृतीसंगको निकटता भुल्न आँटिसक्यौं । हामी अब आफु बन्न चाहना नराखि अरु नै कोही बन्ने कसरतमा लागेका छौं, आखिर किन ?
उनी थप्दै गईन्, आफ्नो बिचारको संकुचनमा शरीरको नाप र तौलमा खुशी र सुन्दरता खोज्न खोज्नु मुर्खता हुन सक्दछ । हामी आन्तरिक सुन्दरताको खोज गर्दैनौं । भौतिकताको खोजमा मान्छेले मान्छे बन्नै भूल्न आँटेको छ र यसका लागि मिडियाका कुराहरुले पनि मान्छेलाई गलत पथमा डोहोर्याइरहेको छ । हामी सुन्दरताको अनि शक्तिको प्रतिक बन्न लालाहित छौं तर किन हामी शक्तिशाली बिचार र दर्शनको आवाज बन्न सकिरहेका छैनौ ?

बिहानको ८ देखि बेलुकीको १० सम्म मोबाइल फोन र भर्चुअल विश्वमा रमाउने सन्तानले छेउका आमाबुवाको दुख्खलाई नजरअन्दाज गर्दछ । आजका पुस्ताहरु मानवनिर्मित कुरा र विश्वमा धेरै रमाएर प्रकृति भुल्न आँटिसके जुन पक्कै राम्रो हैन् । प्रविधीका साथसाथै मौलिकता र सामाजिक सीप पनि चाहिन्छ । अध्यात्म चाहिन्छ । यस्तै बिचारहरु अनि अभिव्यक्तिले होला उनी २०१८ मा मीस नेपाल यू एस ए भएको बताँउदछिन्। १७ जना टप फाइनलीस्टमा यिनी प्रथम भएकी हुन् ।
नेपाल पर्यटन वोर्डको पर्यटन वर्ष २०२० की एम्वासडरका रुपमा यिनी आफुलाई निकै जिवम्मेवार ठान्दछीन् । अमेरिकामा यिनी बिभिन्न स्टेटहरुमा जाँदा, नेपाली समुदया भेट्दा या अन्य समुदायहरु संगको अन्र्तक्रियामा आफ्नो नेपाल, पर्यट अनि पर्यटकिय गन्तव्यका बारेमा बोलिहाल्ने रहेछिन् । बिभिन्न बा्रसर, भिडियो लगायतका कुराहरु यसरी कार्यक्रममा बाँढ्ने अनि नेपाल जान मान्छेहरुलाई उत्साहीत गर्ने कार्यलाई यिनले आफ्नो जिम्मेवारी ठानेकी छिन् । वर्ष २०१९ को अप्रिलमा रकसिद्धि सांगितिक समुह र यू एस एम्बेसीको सहकार्यमा नेपालका मौलिक सरसामानहरुको अमेरिकामा प्रदर्शनी गर्ने यिनको योजना रहेछ । नेचुरल्ली नेपाल भनेंर गरिने यस कार्यक्रमले संस्कार, खानपिन अनि नेपाली सामान र शिल्पको ब्यबसाह प्रर्वधन गर्ने उदेश्य राखेको रहेछ । अमेरिकाको डिसीमा आयोजना हुने यस कार्यक्रम सन् २०१९ को अप्रिलमा हुने एउटा आर्थिक परराष्ट्र अर्थात इकोनोमिक डिप्लोमेसीका लागि महत्वपूर्ण मानिएको छ ।
हामी नेपालमा जत्तिकै रौनकका साथ बिदेशमा चाडपर्व र नेपाली दिनबिशेष कुराहरु मनाँउछौं, दिलासा भन्दैछिन् । अब हाम्रो सस्कार अनि सभ्यतालाई विश्वसामु चिनाउन नयाँ पुस्ताको अर्थपूर्ण सहभागिताको खाँचो छ भन्ने दिलासाको तर्क छ । दिलासा अब जुलाईमा फेरि नेपाल आउनेकार्यक्तम छ रे । पूर्व अमेरिकी राजदुत स्कट डेलेसी र दिलासाको सहकार्यमा सोरवे नामक गैर सरकारी संस्था मार्फत नेपालमा जनस्वास्थका कुराहरुमा कार्य गर्न यिनी कटिवद्ध छिन् । जे होस् दिलासाले घर छाडे पनि घर भूलेकी छैनन, म आश्वस्त छु ।
नेपाललाई थप दिलासाहरुको अर्थपूर्ण सहभागिताको खाँचो छ, अमेरिका जानु अघि एउटा भिडियो पठाउनुहोस है, मैले उनलाई भनेको छु ।

-सुयोग ढकाल

भिडियोमा उन्का कुरा  ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि दुई महत्वपूर्ण संरचनाहरू हुन्। यी दुई संरचनाहरूले मजबुत खम्बाको काम गरेका

‘सम्पर्क भारत नेपाल’ले काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा केन्द्रित “काशीको सम्झना” नामक पहिलो कार्यक्रम १९ असोज , २०७८ वि.सं. (५ अक्टोबर

खोटाङ, न्यूजकारखाना । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रूखमा डेरा बनाएर अनलाइन कक्षा लिएको खबर भाइरल

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका