wheel lock

ट्राफिकले जथाभावी पार्किङ भएको सवारीमा साँचो लगाउने


काठमाडौँ उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधित स्थानमा पार्किङ गरीएका चारपाङ्ग्रे सवारी साधनहरुमा व्हील लक लगाउने कार्य आजबाट थप व्यवस्थित बनाएको छ ।

निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनहरुमा व्हील लक कुन कार्यालय र कसले लगाएको हो, त्यसको विस्तृत विवरण सहितको स्टिकर चालकतर्फको झ्यालमा टाँस्न थालिएको छ । व्हील लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्नेछ ।


Loading comments...