
दुखद भेट,सुखद शुरुवात
३० कार्तिक २०७५, शुक्रबार १०:३०
७ घण्टाको निरन्तरको यात्रा पछि म उनको शहर आइपुगे पोखरा, केही घण्टाको आराम पछि उनीसँग भेटने स्थान निस्चित गरे । पोखराको सिर्जनाचोकको एउटा कफी पसलमा हाम्रो सुख दुख पोख्ने थलो तोक्यौ । उ निकै शान्त अनि रातो उनको आखाँ, आखाँबाट पानीहरु बग्दै गरेको म स्पष्ट रुपमा देखिराको थिए अनि मलाई थाहा पनि थियो किन बग्दैछन यि आँशुहरु । किन रोएको ? म जान्छु है यस्तै गरी रुने हो भने । उसको आँशुको तिव्रता झन बढ्न थाल्यो, उनी पछाडि फर्किएर आफनो व्यथा वगाउन लागिन ।
दूई मिल्क कफीको अडर पश्चात मैले भने के भयो ?
उनी चुपचाप, कफीको चुस्की लगाउदै गर्दा उनले झोलाबाट घडी निकालिन अनि भनिन, यो घडी मैले लगाएकी छैन, सोचेकी थिए तपाईको श्रीमति बनेपछि लगाउछ । अब उसैलाई नै लगाइदिनुहोस जो तपाईको श्रीमति बन्ने छ । उसका आँखा फेरी पनि रसाउन लागे ।बिन्ती म अरु कसैसँग जिन्दगी बिताउन सक्दिन, म एक्लै जिउन तयार छु तर तपाईसँग देखेका सपनाहरु अरुको साथमा मलाई पुरा गर्नु छैन । बिन्ती मलाई अरु कसैले छुने अनुमति नदिनुहोस,उनी आजै आफना आशुँहरु रित्याउने सोचमा थिइन । घरमा आउनु बाबासँग कुरा गर्नु उनी एकोहोरो आफनो कुरा सुनाउदै थिइन ।
मेरो पनि चाहना नभएको होइन । म पनि चाहान्थे एउटा मिठो सम्बन्ध अनि सम्बन्ध सँगै जोडिएका सपनाहरु । तर मेरो अहिलेको अवस्था सपना पुरा गर्ने भन्दा पनि समस्या शुरु गर्ने छ । केही समय लाग्छ , अनि म निर्धक्कका साथ उनको बाबुआमासँग उनको हात माग्न सक्थे । म यो अनौठो अवस्थामा छु , उनको आँशु पनि देख्न सक्दिन अनि यस अवस्थामा उनलाई विवाह गर्न ।
छुटिदै गर्दा उनको त्यो गहिरो अगालोले निकै भावुक तुल्यायो । उनको अगाँलो बाघले सिकारलाई समाए जस्तो कसिलो थियो अनि निकै मायाले भरिएको । घरमा मेरोलाई केटा हेर्न थाल्नभएको छ, उनको आखाँबाट झेरको आँशुले घाटीमा चिसो बनाए अनि घाटी सँगै मन पनि चिसो भयो । त्यसपछि उनी अफिस तिर अनि म काठमाडौ ।
आज दुईवर्ष हुदैछ हाम्रो विवाहको सायद त्यस दिन बसपार्क बाट म सिधै काठमाण्डौ फर्किएको भए हाम्रो सपना सपना नै हुनेथियो होला । सपनालाई पुरा गर्न डराई डराई उनको घरमा पुगे, आफना कुरा सुनाए धेरै समयको गफपछि छोरीको खुसी नै हाम्रो खुसी हो , छोरी जे चाहान्छ त्यही हुन्छ भन्दै गर्दा मैले उनलाई मेसेज गरे “कहिले हो घरमा आउने , म तिम्रो घरमा छु । छिटो आउनु मैले मेरो सबै कुरा तिम्र्रो बुबा ममीलाई सुनाए, अब तिमी आएर बाबा ममीलाई विश्वास दिलाउनु कि म तिमीलाई धेरै माया गर्छु र सधै खुसी राख्नेछु” ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो
काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन