
आज घरघरमा कुकुर तिहार मनाइँदै
२० कार्तिक २०७५, मंगलवार ०३:१८
आज दिपावलीको दोस्रो दिन घर घरमा कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चर्तुदर्शीको यस दिनलाइ कुकर तिहार तथा नरक चर्तुदर्शी पनि भन्ने गरिन्छ । यस दिनमा कुकुरको विशेष पुजा आजा गरी कुकुरलाई माला लगाइ सिंगारीदिने कार्य गरिन्छ र उसलाइ मनपर्ने भोजन गराइन्छ । अरु दिन कुकुरलाइ अन्त्यमा खाना दिने गरेपनि यस दिनमा भने अरुले भोजन गर्नु अगावै गराइन्छ । कुकुरले टोकेको मानिसले यस दिनमा एकविहानै नवोलीकन नुहाएर शुद्ध भई पुजा गरेमा दोष लाग्दैन भन्ने पनि विश्वास गरिन्छ ।
भैरवको बहान पनि मानिने कुकुरलाइ यमराजको दुत तथा भक्त पनि मानिन्छ । यस्ले मृत्यु पश्चात् स्वर्गमा जाने बेलामा बाटो देखाउने कार्य गर्छ भन्ने पनि विश्वास गरिन्छ । कुकुर एक आज्ञा पालक बफादार प्राणी हो । यसले विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन अनुुसन्धान गर्ने कार्यमा पनि सहयोग गर्ने गर्दछ । कुकुरले मानिसको घर परिवार लगायत बालिनालीको पनि रेखदेख गरी मानिसहरुलाइ सहयोग गर्दै आएको छ । आजभोली कुकुरलाई घरको सुन्दरताको लागि पनि पाल्ने गरिन्छ भने साथिको रुपमा पनि हेर्न थालिएको छ । कुकुरमा श्रवण शक्ति पनि ज्यादा हुने र निन्द्रा पनि छिटो खुल्ने भएकाले दिनमा वा रातमा उ जतिबेलै सक्रिय रहन सक्दछ । यसले प्राकृतिक विपत्तीको समयमा पुर्व सुचना दिने काम पनि गर्दछ । कुकुरले मानिसको चालचलनको अलग्गै हेक्का राख्दछ । रिसाएको वा खुसी भएको कुरा र मानिसले ढाँटेको कुरा समेत अड्कल गर्न सक्ने क्षमता कुकुरको रहन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री
Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed
पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि
सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।