
हिन्दु धर्मको बारेमा केही जानकारीहरु
२५ पुष २०७५, बुधबार १४:४५
- यो जगतमा विवाहको कल्पना हिन्दु धर्मबाट शुरु भएको पाईन्छ । हिन्दु धर्मको माध्यमबाट मानिसहरुले विवाह गर्न सिकेका थिए, जसले विवाहको अर्थ र महत्वको बारेमा जानकारी प्राप्त गरे । हिन्दु धर्म पहिलो यस्तो धर्म हो जसले विवाहको अवधारणाको शुरुवात गर्यो र सारा जगतले यसलाई अपनायो ।
- हिन्दु धर्ममा १०८लाई पवित्र संख्या मानिन्छ र यसको कारण पनि निकै भिन्न रहेको छ । खासमा सुर्य देखी पृथ्वी सम्मको दुरीको व्यास वा चन्द्रमादेखि पृथ्वी सम्मको दुरी चन्द्रमाको व्यासको अनुपातमा लगभग १०८ हुन्छ , यसै कारण यस संख्याको पवित्र मान्ने गरिन्छ । तपाईले देख्नु पनि भएको होला, हिन्दु धर्मका पवित्र मालाहरुमा सधै १०८ मोतीहरु हुने गर्दछन् ।
- हिन्दु धर्म एक यस्तो धर्म हो, जहाँ जनवारलाई पनि निकै पवित्र र कुनै न कुनै चीजको संकेतको रुपमा मान्ने गरिन्छ । प्रत्येक जनवार भगवानसँग निकट सम्बन्ध रहेको छ । हर जनवारको महत्व दिइएको पाईन्छ । यस्तो अन्य धर्महरुमा पाईदैन, हाम्रो विभिन्न चाडपर्वमा जनवार तथा पक्षंीहरुको पुजा गर्ने गर्दछौ ।
- हिन्दु धर्मकाका हर एक प्रथा तथा पुराणमा लेखिएका कुराहरु आज विज्ञानले पनि मानेको छ । केही खतरनाक रोगका औषधि वैज्ञानिकहरुले हिन्दु धर्मको पुराणहरुबाट समेत प्राप्त गरेका छन् ।
- हिन्दु धर्म एक एउटा यस्तो धर्म हो जहाँ सबैभन्दा पहिले कामवासनाको अवधारणा बताइएको छ । मनिसको यो मुल स्वभाव हो । यसैले कामवासनाका कितावहरु विश्वमा सबैभन्दा बढि बिक्ने पुस्तकमध्ये एक हो ।
- हिन्दु धर्म एउटा यस्तो धर्महो जहाँ तपाई स्वतन्त्र हुनुहुन्छ । हिन्दु धर्मले तपाईलाई कुनै पनि शुत्रमा बाधेको हुदैन । हिन्दु धर्मले तपाईलाई स्वतन्त्रता दिन्छ, जुन व्यक्तिको प्रमुख अधिकार पनि हो ।
- हिन्दु धर्ममा शक्तिको रुपमा देवी अर्थात महिलाहरुलाई मान्ने गरिन्छ । तपाईले यस प्रकारको व्याख्या अन्य कुनै धर्ममा पाउनुहुदैन , जहाँ महिलालाई देवी वा शक्तिको रुप भनिएको छ । हिन्दु धर्ममा महिलालाई उचित सम्मान दिने गरिन्छ ।
- हिन्दु धर्म पहिलो धर्म हो जहाँ मृत्यु पछि पनि आत्मा हुने मान्यता रहन्छ, यस प्रकारको मान्यता पहिला अरु कुनै धर्ममा थिएन् । हिन्दु धर्ममा गरिने क्रिया र त्यसपछि गरिने कार्यहरुले समेत यसको पुष्टि गर्दछ् ।
हिन्दु धर्म मात्र एक यस्तो धर्म हो जहाँ तेत्तिस करोड देवी देवताको मान्यता भएपनि ईश्वर एक भन्ने मान्यतालाई आत्मसाथ गरेको पाईन्छ । अनेकतामा एकताको सारलाई हिन्दु धर्ममा देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ
आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि
सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ