
चिकित्सा विधेयक पारित
२५ पुष २०७५, बुधबार १५:१४
बर्षौँ देखि अन्यौलमा रहेको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ।
एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने विषयमा डा. केसीसँग सहमति भएको थियो। तर अहिले ऐन प्रारम्भ हुनुअघि उपत्यका बाहिर सम्बन्धन पाइसकेका, आसय पत्र बुझाइसकेका कलेजलाई भने सम्बन्धन दिने भएको छ।
जुन विधेयक डा.गोविन्द केसीसँग भएको सम्झौता विपरीत चिकित्सा विधेयक पारित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका थिए।
जुन कुरा डा. केसीसँग सम्झौता भएअनुसार विधेयक नआएकोले आफूहरुले असहमति जनाएको नेपाली कांग्रेसका सांसद गगन थापाले जानकारी दिएका छन्।
सांसद थापाले डा. केसीसँग भएको सम्झौता हुबहु कार्यन्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
आजको समितिको बैठकमा १८ जना सांसदहरु सहभागी थिए जसमध्ये १४ जना नेकपाका थिए। बहुमतबाट विधेयक पारित भएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले