
मकर सक्रान्तीको अवसरमा गण्डक प्रदेशमा सार्वजनिक विदा
२५ पुष २०७५, बुधबार १९:२९
देशै भरी विभिन्न जात जातिले आफ्नै ढङगले मनाउने मकर सक्रान्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा गर्ने घोषणा गरेको छ। गण्डकी प्रदेशमा विशेष धुमधाम संग मनाइने यो पर्व विगतका बर्षहरुमा दिइँदै आएको विदा गत बर्ष देखि हटाइएको थियो ।
मन्त्रिपरिषदको बुधबार सम्पन्न बैठकले माघे सक्रान्तीको दिनमा विदा निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।
यसअघि गण्डकी सरकारले पौष पन्ध्र लोसारको अवसरमा पनि बिदा दिएको थियो। उक्त बिदामा पनि संघीय सरकार मातहतका सरकारी कार्यालय र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारको निर्णय अस्वीकार गरेका थिए।
मकर सक्रान्तीको अवसरमा गण्डक प्रदेशको विभिन्न धार्मिक तिर्थ स्थलहरु तथा नदिहरुमा मकर स्नान गर्ने मानिसहरुको घुइँचो हुन्छ । भने यस पर्वमा विभिन्न स्थानमा मेला लाग्ने पनि गर्दछ । हाल गण्डकी प्रदशेमा मगर जातिको जनसंख्या ४ लाख ५२ हजार ५ सय ९० छ । थारु ४१ हजार १ सय ५९ छन् । २४ लाखभन्दा बढी जनसंख्यामध्ये मगर १८ प्रतिशत छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता
काठमाडौं- तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया