Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

रोमियो एण्ड जुलिएट (मायाको अमर कथा)

२६ पुष २०७५, बिहीबार १०:१७

लोकप्रिय

रोमियो र जुलिएटको कथा निकै रोमाञ्चक र धेरै रुचाईको कथा हो । मायाको कुराहरुमा रोमियो र जुलिएटको कथालाई सबैले सम्झने गर्छौ । यो कथा इटालियन कथामा आधारित छ, जसलाई एउटा कवितामा समेत रुपान्तरण गरिएको छ । १५६२ मा ब्रुके ले ट्रेजिकल हिस्ट्री अफ रोमियो एण्ड जुलिएटको नाम बाट कबिता बनाएका थिए, जसलाई सन् १५६७ मा विलियम पेंटरले कथाको रुप दिएका हुन् । शेक्सपियरले यसमा धेरै प्रभावशाली चरित्रको निर्माण गरेका थिए, जसमा मुख्य रुपमा मरक्युटो र पेरिसलाई समावेश गरिएको थियो । भन्ने गरिन्छ की यो कथा शेक्सपियरले सन् १५९१ र १५९५को बिचमा लेखेका थिए र यो नाटकको किताबलाई १५९७ मा प्रकाशित गरे ।

पहिले लेखिएको पुस्तकमा शब्दहरुको प्रयोग खासै राम्रो थिएन, तर पछिल्लो संस्करणमा उत्कृष्ट शब्दहरु सहित प्रकाशन गरिएको थियो । शेक्सपियरले आफ्ना कविताको प्रयोग नाटक तथा हास्यँ व्यङ्गबाट प्रस्तुत गर्दथे, शेक्सपियरको नाटकीय कलादेखि धेरै मानिसहरु शुरुवाती अवस्था देखि नै प्रभावित थिए । उनले नाटकमा अलग अलग पात्रको लागि अलग अलग कविताको निर्माण गर्दथे । रोमियो और जुलिएटको नाटकमा शेक्सयिरको निपुणता देख्न सकिन्छ ।

रोमियो और जुलिएटको प्रेम कथालाई विभिन्न चलचित्र तथा गितहरुमा प्रयोग भएको छ । १८ औ शताब्दीमा डेविड गेरिकले यो कथाका कयौ दृश्यहरुमा परिवर्तन गरे, उनले नाटकबाट अभद्र दृश्य पनि निकाले साथै रोमियो एड जुलिएटका द्धन्दका दृश्यहरु हटाएर सुखद अन्त्य गरे । १९ औ शताब्दीमा यस नाटकमा धेरै शब्दहरुको परिवर्तन गरियो र नाटकलाई यर्थाथ बनाउने कोशिस भयो । यसपश्चात २० र २१ औ शताब्दीमा यसको आधारमा फिल्म रोमियो एंड जुलिएट पनि बन्न पुग्यो ।

विश्व प्रसिद्ध कथा रोमियो एंड जुलिएटको कथालाई सारांशमा बुझौ
रोमियो एंड जुलिएट एउटा पार्टिको समयमा मायामा पर्छन् । त्यस बखतमा रोमियो र जुलिएटको परिवार सम्बन्ध राम्रो हुदैन । पारिवारिक सम्बन्ध राम्रो नहुदाँ पनि उनिहरुको साँचो प्रेमका कारण उनीहरु परिवारसँग डराउदैन्न् । उनीहरुलाई यो बिषयको पुरा जानकारी हुन्छ कि उनीहरुको परिवारले उनीहरुको विवाह हुन दिदैन्न् तर पनि बिना कुनै डर फ्रिअर लौरेसको सहायतामा लुकी लुकी विवाह गर्दछन् ।
दुखको कुरा,

उनीहरुको विवाहको पहिला रोमियोले जुलिएटको भाई डुएलको हत्या गर्छ र बिहान रोमियोले जुलिएटलाई आफुलाई छोड्न अनुरोध गर्दछ, किनकी यदि अर्को पटक त्यस शहरमा आउँदा मृत्यु निश्चित थियो । जुलिएटको माता पिताले जुलिएटलाई पेरिससँग विवाहको लागि अनुरोध गर्छन तर उसको अभिभावकलाई रोमियोसँगको विवाह भयो भनेर थाहा हुदैन ।

जलिएटले आफनो मृत्युको नाटक गरेर रोमियोसँग भाग्ने योजना बनाएकी हुन्छ, यो योजनामा फ्रिअर औरेसले समेत साथ दिन्छ । फ्रिअर लौरेंसको पुर्व निर्धारित योजना अनुसार जुलिएटलाई निन्द्राको औषधी सेवन गरेको हुन्छ, जसले गर्दा सबैलाई उसको मृत्यु भएको जस्तो लागोस र उसलाई मकबरमा राख्न सकियोस । जब रोमियो आइपुग्छ, त्यस बखत उसलाई यो योजनाको बारेमा थाहा हुदैन । जुलिएटको त्यो अवस्था देखेर निकै रुन्छ र उसको मृत्यु भएपछि आफु जिउनुको अर्थ नरहेको सोच्दै आत्महत्या गर्छ । जब निन्द्राको औषधिले छाड्छ, जुलिएट गहिरो निन्द्राबाट उठ्दा रोमियोलाई मृत अवस्थामा देखि जुलिएटले पनि आत्महत्या गर्छ र दुवैको अन्त्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा