के हो यो महिनावारी ? कसरी हुन्छ, कुन समयमा हुन्छ ?


महिनावारी अधिकांश नेपाली जनताहरु शिक्षाको ज्योति बाट अझै पनि बन्चित छन।देशको गरिबी ,भौगोलिक र गलत शिक्षा प्रणाली शिक्षाको अग्लो बाधक बन्न पुगेका छ। शिक्षित बर्ग मानिएकाहरुले पनि आफ्नो ज्ञानलाई दैनिकीमा प्रयोग गर्दै नआएको पाइएको छ। उचित शिक्षाको कमीका कारण हामी भौतिक रुपममा मात्र हैन मानसिक रुपमा पनि पछाडि परिरहेका छौ।यस्तै स्वास्थ क्षेत्रमा पनि यसले प्रत्यक्ष रुपमा बेजोड असर पारिरहेको छ। नारी जातिले महिनैपिच्छे झेल्नुपर्ने महिनावारीको बिषयमा पनि ज्ञानको कमिले यसलाई गलत अर्थले हेर्ने गरिएको छ। आखिर के हो यो महिनावारी ? कसरी हुन्छ, कुन समयमा हुन्छ? भन्ने प्रश्न तपाईंको शिरमा घुमिरहेको छ भने चिन्ता नलिनुहोस्, आउनुहोस् महिनावारी चक्रको बारेमा केही बुझौं ।

महिलाको प्रजनन अबधिको समयमा तालब्द रुपमा घट्ने चक्रीय प्रक्रियालाई महिनावारी चक्र भनिन्छ। यो चक्र बिशेष त १२ बर्षको उमेर देखि सरु हुने गर्दछ, जसलाई यौवन अबस्थाको सुरुवात भन्न पनि सकिन्छ। धेरै जसो महिनावारी चक्रको अन्त्य ४५ देखि ५० बर्ष कटे पछि हुने गर्दछ जसलाई बिज्ञान को भाषामा “Menopause” पनि भन्ने गरिन्छ। यो चक्र २८ दिन सम्मको हुने गर्दछ तर कुनै शारीरिक अवस्थामा यो २० देखि ४० दिन सम्मको हुने गरेको पनि पाईन्छ । के के मा परिवर्तन हुन्छ त महिनावारी प्रक्रिया मा? हरेक महिनावारी चक्रमा श्रृङखला बद्ध रुपमा अंडाशय र सायक यौन अङ्गहरु मा परिवर्तन आइरहेको हुन्छ । यो परिवर्तनलाई चार भागमा बिभाजन गरिएको छ।
Ovarian Change
Uterine Change
Vaginal Change
Change in cervix
ल अब आउनुहोस् अब गर्भाशयमा हुने परिवर्तनको बारेमा केही जानकारी लिउ। यसलाई पनि तीन भागमा बिभाजन गरिएको हुदछ। Menstrual Phase
Proliferative Phase
Secretory Phase Menstrual Phase

यदि ओव्यूलेशन पछि कुनै पनि गर्व नरहेको खण्डमा भित्र रहेको Endometrium बिस्तारै हराउँदै जाने गर्दछ। महिलाको योनि हुदै रगत र ऊतक तरल पदार्थको साथमा Endometrium बाहिर आउने गर्दछ। यहि हराउँदै जाने र गर्भाशयको पत्र बाहिर आउने प्रक्रियामा आउने रगतलाईनै महिनावारी भनिन्छ । यो रगत आउने प्रक्रिया १ दिन देखि ५ दिन सम्म रहिरहन्छ । यै पूरा प्रक्रियालाई महिनावारीको समय भनिन्छ ।रगत आउन सुरु भएको दिनलाई महिनावारी चक्रको पहिलो दिन मानिन्छ । Estrogen र Progesterone हर्मोनको घट्दो क्रम महिनावारी एक प्रमुख कारण हो। Proliferative Phase: यो प्रक्रिया महिनावारी सुरु भएको पाच दिन देखि १५ दिन सम्म रहिरहन्छ ।यस चरण सम्म Endometrium को केही पत्र मात्र रहेको हुन्छ र फेरि नयाँ पत्र आउने क्रम जारी रहन्छ । Secretory Phase:यो चरण महिनावारी भएको १५ दिन देखि २८ दिन सम्म रहिरहन्छ । यो चरणमा पुर्ण मात्रामा Endometrium को पत्र विकासित भइसकेको हुन्छ। यो एउटा महिला जातिमा हुने शारीरिक प्रक्रिया हो तर अझै पनि हाम्रो समाजमा यसलाई वर्जितको रुपमा हेरिन्छ। झन सुदुर पश्चिमाञ्चल क्षेत्रमा त यसलाई छाउपडीको रुपमा हेरिन्छ। महिनावारी हुदा अशुद्ध भएको मानिन्छ, ४ देखि ५ दिन सम्म चिसो गोठमा छाउ बस्न बाध्य छन। उचित जनचेतना र शिक्षाको अभावले अन्धकार जीवनमा यिनीहरू मसिनो शिक्षाको किरणको पर्खाइमा छन। आखिर कहिले सम्म छाउको नाउँमा महिला दिदिबहिनीहरुले विभिन्न कारणवश आफ्नो ज्यान गुमाउने ? सर्पको टोकाइ, चिसो गोठ र अनुचित ब्यक्तिगत सरसफाइ कारण बनिदिएको छ मृत्युको ।

सेनेटरी नैपकिनको अभावमा थोत्रो कपडाको टालो र खरानीको प्रयोग गर्दै आएका छन। यसरी असुरक्षित माध्यमबाट कसरी सुरक्षीत हुन सक्छन हाम्रा नारीहरु? सुदुर पश्चिममा मात्र नभई शहर र अन्य क्षेत्रको गाउँ ठाउँमा अझै पनि महिनावारीलाई गलत तरिकाले बुझिन्छ। अझै पनि महिलालाई सुत्ने कोठा , भान्सा र पुजा कोठा बाट परै राखिन्छ । हो यो अवस्थामा महिला पुर्ण रुपमा सफा हुदैनन् तर जुन समयमा उनीहरुलाई तपाईं , हामीको साथ चाहिन्छ त्यैबेला उनीहरुलाई हामी टाढा राख्छौं । यो कस्तो माया हो , यो कस्तो ख्याल हो र कस्तो मानवता हो ? हर्मोनको परिवर्तन सँगै यस अबस्थामा महिला शारीरिक रुपमा कमजोर बन्न पग्दछन , यस्तो अबस्थामा उनीहरुलाई पोसिलो खाना, उच्च मनोबल , र मायाको जरुरी पर्दछ। महिनावारी हुदा कोठा , भान्सा बाट हैन गरुँगो कामबाट टाढा राखौं , उनीहरुलाई शक्त जरुरी पर्दछ आरामको यस अबस्थामा ।

कपडाको टालो हैन सेनेटरी नैपकिनको प्रयोग गर्न लगाउ।अस्पतालको भित्तामा कन्डमको पोका हैन सेनेटरी नैपकिनका पोका राखौं , सेक्स ईच्छामा हुने हो तर महिनावारी प्रकृतिको नियम हो। परिवर्तन अरु बाट हैन आफ्नै घरबाट सुरु गर्नुहोस् । आउनुहोस् आजैबाट परिवर्तनकोलागि हातेमालो गरौ। एकले थुकि सुकि, सयले थुकि नदि भन्ने उखानको तुक देखाउ। जादा जाँदै केही जानकारी दिन मन लाग्यो । महिनावारी हुदा कहिल्यै तपाईंको दिमागमा आएको छ माथिल्लो पेट किन दुख्छ भनी ? =Prostaglandins trigger नामक हर्मोन महिनावारीको समयमा गर्भाशयको भित्तामा रहन्छ र यसले गर्भाशयमा रहेको मांसपेशीको संकोचन  गराउने भएकाले माथिल्लो पेट दुख्ने गर्दछ।

-आशिष भण्डारी
पोखरा, ढुङ्गेसाँघु


Loading comments...