Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
dr govinda kc

यस्ता छन डा. केसीका १६ औं सत्याग्रहका मागहरु

२६ पुष २०७५, बिहीबार १२:३४


डा. गोबिन्द केसी इलाम पुगेर बुधबार देखि १६ अनसनमा छन । स्वस्थ क्षेत्रमा सुधारको माग राखेर पटक पटक अनसन बसेका केसीका माग सरकाले पुरा हुन्छ भन्दै अनसन तोडाउने तर माग पुरा नगर्ने गरेको छ । डा. केसीका मागहरु प्रत्यक अनसनमा केहि परिवर्तन भइरहेका छन ।

हेरौ डा. केसीका १६ औं सत्याग्रहका मागहरु
१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडाैँ विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गरियाेस् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै