Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

स्वास्थ्यको लागि निकै फाइदाजनक तरुल

२६ पुष २०७५, बिहीबार १४:१५

लोकप्रिय

हाम्री नेपाली संस्कृतिमा निकै धनी छौ । विभिनन समयमा मनोरञ्जन तथा आत्मीयताको लागि हामीसँग धेरै चाडपर्व तथा बाहनाहरु छन् । सायद यिनै कारणले होला विश्व समुदायमा हामी खुसी समुदायमा गनिन्छौ । विभिन्न चाडपर्व मनाउने शैली तथा चाडपर्वअनुसार खाइने खाद्यन्नको पनि भिन्नता पाउन सक्छौ ।

आउँदै गरेको मकरसंक्रान्तिको समयमा पनि विभिन्न कन्दमुल खाने प्रचलन छ । तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुलमा पर्दछ । निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो ।

तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।

तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ ।

तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै