Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

विहिवार देखि हवाई इन्धन शुल्क घटे लगत्तै हवाई भाडा पनि घट्ने

२६ पुष २०७५, बिहीबार १४:५५

आज देखि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर रु १० घटाए लगत्तै अव हवाई भाडा शुल्क पनि घटाइने भएको छ ।

आयल निगमको ४९ औँ वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले विहिवार देखि मूल्य घटाउने सहमति भएको जानकारी दिनुभयो ।

साविकको बिक्री मूल्य १०४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको उहाँले बताउनुभयो ।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले जानकारी दिनुभयो । पछिल्ला केही पटक डिजल, पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म