
गाउँपालिकाले छोरीको नाममा रु. १०००० सहित खाता खोलिदिने
२७ पुष २०७५, शुक्रबार १४:५७
चितवनको इच्छाकामना गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको नाममा रकम सहितको बैंक खाता गाउँपालिकाले नै खोलिदिने भएको छ ।
गाउँपालिकाले जन्मिएका प्रत्येक बालिकाको खातामा पाँच हजार जम्मा गरी अभिभावकलाई पनि कम्तिमा पाँच हजार जम्मा गर्नुपर्ने नियम बनाएको छ । भ्रुण हत्या दिनानुदिन बढ्न थालेपछि गाँउपालिकाले उक्त अभियान शुरु गरेको जनाएको छ ।
अभिभावकको आर्थिक अवस्था कमजोर रहेमा दातासमेत खोजी गराएर भएपनि रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता गुरुङका अनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोलिदिन लागिएको हो। उक्त गाउँपालिकामा इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ।
इच्छाकामना गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको उनले बताइन्।
सो गाउँपालिकामा जनसङ्ख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् । गाउँपालिकाले स्थानीय स्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन्। ती खातामा कम्तीमा १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन्।
हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको गीता गुरुङले बताइन्।
गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीम पनि दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ