
आज लक्ष्मी पुजा घर घरमा गाई पुजा र लक्ष्मी पुजा गरिँदै
२१ कार्तिक २०७५, बुधबार ०२:५५
आज यम पञ्चकको तेस्रो दिन लक्ष्मी पुजा घर घरमा भव्य रुपमा मनाइदै छ । आज धनकी देवी लक्ष्मीको पुजा आरधाना गर्नाले घरमा धनलाभ हुने कुरामा विश्वास गरिन्छ । औंशीको यो कालो रातलाइ सुखरात्री पनि भन्ने गरिन्छ ।
घर आगनमा गाइको गोवर र रातोमाटोले लिपेपछि गाइको गौंत छरी शुद्ध पारिन्छ । वैदिक सनातन धर्म अनुसार गाइलाइ पशुधन, गौमाता तथा लक्ष्मी माताको स्वरुप मानिन्छ । लक्ष्मीलाइ धनकी देवी एवं ऐस्वर्यको प्रतिक पनि मानिन्छ । यो कात्र्तिक कृष्ण औंशीको रातलाइ सवैभन्दा अध्यारो रातको रुपमा लिइन्छ । उक्त अध्यारो रातलाइ उज्यालो पार्नका लागि घरआगनमा दिपक बाल्ने कार्य गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मी पुजाको दिन विहानी पख घर लिपपोत गरि गाईलाई सिंगारी सकेपछि गाइको पुजा आराधाना र ढोकामा तेलको धारा दिने काम गरिन्छ भने साँझ पख बत्ति बाली लक्ष्मी भित्र्याउने कार्य गरिन्छ ।
लक्ष्मी भित्र्याउने विधी
लक्ष्मी पुजाको दिनमा लक्ष्मी घर आगनमै रहने र स्वागत गरे घर भित्र जान्छीन भन्ने विस्वास रहि आएको छ । साँझपख चारै तिर बत्ति बालिसकेपछि आगनीको विचभाग देखी घरको भित्रसम्म लक्ष्मीको लागि माटो र गाईको गोवरले लिपेर चामलको पिठो र अविर तथा रंगले पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । लिपीएको शुद्ध आगनको विचभागमा विभिन्न रंगको मिश्रणवाट रंगोली बनाएपछि विशेष पुजा गरि बत्ति बालि फलफुल तथा पुष्प चढाइन्छ । त्यस पछि लक्ष्मीको बाटोमा पुष्प राख्दै माटाको पालामा वा केराको सुत्लोमा बत्ति बाल्दै झिलिमिलि बनाइन्छ ।
जय जय लक्ष्मी आउ आउ,
स्थीर गर लक्ष्मी हाम्रा घरमा पाउ…
भन्दै स्वागत गरिन्छ ।
यति कार्य गरेपछि लक्ष्मीलाइ बास बस्न धन सम्पति राख्ने स्थान जस्तै वाकस, मुदुस, दराज, आलमारी, आदि देखाउँदै पुजा गरी शुभ लाभ लेखिन्छ ।
महालक्ष्मी मन्त्र
ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद
ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नमस्॥
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री
Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed
पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि
सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।