Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

मोनालिसाको पेन्टिङ्गको बिशेषता के ?

२९ पुष २०७५, आईतवार १२:५४


मोनालिसाको पेन्टिंगको बारेमा धेरै व्यक्तिलाई थाहा छ । यस चित्रमा भएको मोनालिसाको अद्भुत मुस्कान तथा शान्त मुहारले सबैलाई आर्कषित पनि गर्यो । यो चित्रको बारेमा केही रोचक जानकारी बारेमा तपाईलाई थाहा नहुन सक्छ । ल आज, तपाईलाई यसै चित्रसँग जोडिएका केही रोचक कुराहरु बताउने छु ।

आज भन्दा करिब ५०० बर्ष पहिला इटालीका एक व्यापारी फ्रासेस्को डेल जिओकोडोले आफनी श्रीमति लीसा डेल जिओकोडो को पेन्टिङ्ग त्यस समयका चर्चित पेन्टर लियोनार्डौ डा विन्ची ने बनाएका थिए । त्यस समयमा यस चित्रको नाम जिओकोडो राखिएको थियो तर समय अनुसार यसको नाम परिवर्तन हुदै मोनालिसा हुन पुग्यो ।यस चित्र पश्चात लियोनार्डो निकै प्रसिद्ध भए र यो पेन्टिङ्गलाई सर्वप्रथम फ्रान्सका राजा फ्रांसिसले किनेका थिए । फ्रांन्समा क्रान्ति पछि यसलाई नेपोलियनको शैनकक्षमा सजाईएको थियो र केही समयपछि लुव्रको म्युजियममा राखियो ।

बिन्चीको यो पेन्टिङ्गको विशेषता यो थियो कि उनले तस्बिरमा आउटलाइन बनाउने गर्दैनथे, जसलाई स्फुमातो भनिन्छ जसको कारणले उनी धेरै प्रसिद्ध पनि बने ।मोनालिसाको हल्का मुस्कानले सम्पुर्णको ध्यान केन्द्रित गर्न सफल भयो । तर पनि त्यो मुस्कानको कारण कसैलाई थाहा छैन । कोही मानिस मोनालिसाको मुस्कान हेरेर उसको मनमा धेरै कुराहरु लुकेको समेत अनुमान गरेका थिए, साथै डेनमार्क मा बनाईएको इमोशन रिकग्निशन कम्प्युटरको अनुसार मोनालिसा ८३ प्रतिशत खुसी थिइन । यो रहस्यमय र शान्त देखिने पेन्टिङ्गको मुल्य आज ८० अर्ब रुपैया भन्दा पनि बढि छ, यो संसारको सबैभन्दा महङगो पेन्टिङ्ग हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै