
जिपि कोइराला अध्ययन केन्द्र द्धारा विद्यार्थीलाई सहयोग
२९ पुष २०७५, आईतवार २०:३८
पोखरा २९ पौष
जिपि कोइराला अध्ययन केन्द्र कास्की द्धारा धम्पुसका विद्यार्थीलाई सहयोग प्रदान गरेको छ । धम्पुसमा अवस्थित जनप्रिय अधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामान वितरण गरेको छ । कास्की जिल्लाको माछापुछ्रे्रे गाउँपालिका वडा नं ७ मा रहेको खानी गाउँमा उक्त विद्यालयमा अध्ययनरत सवै दलित विद्यार्थी रेहका छन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेस महासमिती सदस्य कृष्ण कार्कीले अवको समय एकले अर्कोलाई दोष लगाउने भन्दा सवै एक भएर विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा नेपाली काग्रेस कास्कीका सदस्य विष्णु वहादुर क्षेत्री, विद्यालयका प्रधानाध्यापक टेकराज भण्डारी लगाएतले वोल्नु भएको थियो ।कार्यक्रमको वारेमा केन्द्रका महासचिव सुरेन्द्र वावु तिवारीले प्रकाश पार्नु भएको थियो । अध्ययन केन्द्र कास्कीका अध्यक्ष शिवनाथ सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत मन्तव्य उपाध्यक्ष विदुरमणी ढुंगानाले गर्नुका साथै सञ्चालन सचिव श्रीराम कडेंलले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग