
देशभर लक्ष्मीपूजाको उल्लास्
२१ कार्तिक २०७५, बुधबार १३:२६
ॐ श्री महालक्ष्म्यै च विद्महे
विष्णु पत्न्यै च धीमहि
तन्नो लक्ष्मी प्रचोदयात् ॐ ।।
गाउँ होस् या सहर सबैतिर झिलिमिली बत्तिले झपक्कै छोपेको छ । सबैको घर लिपपोत गरेर बेहुली जस्तै सिंगारिएको छ । हरियो घाँस खाएर गाईगोरुले गोब्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले भित्तापोतेको घर अनि हरियो गोबरले लिपेको , केराका थम्बाहरु ले बनाएको द्धार, थम्बामा बाँसका कप्टेराले जोडेका दियो बाल्ने भाटाहरु, आँगनमा मिठो मिठो आउने सेलरोटी अर्सा अनि अर्नसाको वासना । आज बिहान लक्ष्मीको अवतार गौ माताको पुजा गरेर सुरु भएको दिन साझ घर सिंगारे संगै घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मीको स्थापना गरेर पूजा गरिन्छ ।
“भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँशीको बारो, गाईतिहारो भैलो….”
आहा मनै लोभ्याउने उज्यालोको चाड तिहारको रमाइलो दिन । टोलछिमेकका चेलीवेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । “हामी तेसै आए नै, बलि राजाले पठाए..” भनेर भइलो भट्याए अनुसार यस चलन वली राजाको पाला देखि नै चल्दै आएको भन्ने अनुमान लगाउन सकिन्छ । साझ देखि सुरु हुने भैली राति अबेर सम्म पनी घर घरमा गएर रमाइलो गर्ने र त्यस गरको सुख शान्तिको लागी आसिक दिने गरिन्छ ।
अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रेको यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो है । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार गौ माताको सेवा गरिन्छ । वैदिक सनातन हिन्दू संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दू धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाईका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौहुत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाबिहानै गार्इको गोबर र माटो मिसाएर दैलो, चूल्होलार्इ लिप्ने चलन छ । गार्इको दूधको महिमा त अपरम्पारै छ ।
आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।
यी रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना !
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री
Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed
पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि
सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।