
महिलाद्धारा सामुहिक वेद पाठ गरी यज्ञ हुँदै
३० पुष २०७५, सोमबार १५:३५
नेपाल भरी नै मनाइने पर्व मकर सक्रान्ती तथा माघी पर्वको उपलक्ष्यमा पोखराको ढुंगेसाँघुमा महिलाद्धारा वेद पाठ गरी यज्ञ गरिने भएको छ । महिलाद्धारा गर्न लागिएको वेद पाठमा भारत देखि विभिन्न विघामा पोख्त ७ जना धर्म गुरुहरुको समेत उपस्थीती रहनेछ ।
पौराणिक काल देखि नै संचालनमा आइरहेको पोखराको ढुंगेसाँघुको जात्रा कास्की जिल्लाकै पुरानो जात्राको रुपमा लिने गरिन्छ । अरु जात्रा भन्दा पृथक यस जात्रामा विभिन्न खेलकुद तथा कार्यक्रमहरु आयोजना गरिन्छन । यसपाली जात्रालाई झनै पृथक बनाउन महिलाहरुद्धारा वेद पाठ गर्ने र कन्दमुल पर्दशनी गरिने छ । जहाँ तिर्थालुहरुलाई कन्दमुलहरुको सम्पुर्ण प्रजातीको महत्व, आवस्यकता र उपयोगिताको जानकारी समेत प्रदान गर्ने लक्ष्य रहेको ब्यबस्थापक समुहले जनाएको छ । यस जात्राको अर्काे आर्कषणको रुपमा भजन चुड्का प्रतियोगिता समेत राखिने भएको छ । यस प्रतियोगितामा विजेताले पुरस्कार समेत प्राप्त गर्नेछन ।
स्वस्फुर्त निर्मित पुल ढुंगेसाँघुको नामवाट परिचित यस जात्रा त्रेता युगमा भगवान श्रीराम र सीता बनवासको समयमा यस स्थानमा पुसको अन्तिम दिन आएर राती बास बसी विहान भएपछि सेतिमा स्नान गरी बेलुका पकाएर राखेको कन्दमुल, खुदो चिउरा, तिलको लड्डु खाएका थिए । त्यसै बेला देखि मानिसहरु माघ १ गते यस स्थानमा आएर सेति स्नान गरी खुदो चिउरा, तथा कन्दमुल खाने र आवस्यक सामान किनबेच गर्ने गर्दै मेला प्रारम्भ भएको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
In a prestigious event organized by Fern Events (June 6, 2023), Santosh Kumar Devkota, the CEO of Nepali Patro and
Today, Bhim Parajuli, Mayor, Biratnagar Metropolitan City, Morang District, and Prashant Kumar Sona, Second Secretary, Embassy of India, Kathmandu, jointly inaugurated
Swami Vivekananda Cultural Centre, Embassy of India, Kathmandu presents Bharatanatyam Dance recitals on the occasion of Maha Shivaratri at the
Continuing to today’s date Royal Family aren’t allowed to visit Budhanilkanta “Narayanthan Temple!!!” It’s somehow a matter of thinking right?