
शब्दजाल
एक ईशारा धुमिल
तिमी सम्मको
एक माध्यम धुमिल
तिमी सम्मको
ईसारा भनौ वा चाहाना
मात्र ध्वनी भित्र समाहित
उर्जाहरुको तरंगहरु
म भन्छु
पूरा जोर लगाएर
अर्थिन्छ केवल
धुमिल
तरंगित हुन्छ केवल धुमिल
न्यून न्युनतम ईसारा ।।
शब्द निर्जिव हुन्छ
शब्द कठोर हुन्छ
शब्द नरम हुन्छ
शब्द काडा हुन्छ
शब्द गुलाफ भैदिन्छ
बस शब्द शब्द मात्रै हुन सक्दैन
रुप परिवर्तन कारी
बेमान भैदिन्छ शब्द
त्यसै
लाजै नमानी ।।
के
शब्दको मौलिक अर्थमा
म भाव प्रकट गर्न सक्छु ??
उत्तेजित हुन्छु
रोमान्चित हुन्छु
म कवि भएको महशुस गर्छु
र
शब्द खेलाउने कलाकार बन्छु ।।
उमेर शब्दलाई जिस्काउछ
समझ शब्दलाई
प्रष्ट्याउन खोज्छन
अर्थहरु
तर शब्दका अर्थ
अनन्त काल सम्म जीवन भएमा
अनन्त सम्म अनन्त पटक बद्लिन्छ
बदली रहन्छन ।।
के शब्द आत्मा बिहिन शरिर हो ?
वा
शब्द आफैमा आत्मा भएको चिज हो
वा
मान्छेले बोले पछि मात्रै जीवनमा आउने
धुमिल तरंहरु हुन
के शब्दको अर्थ बुझ्न शब्द नै हुनु पर्छ
वा
शब्द र समझ भन्दा भिन्न भएर शब्दलाई बुझ्नु पर्छ
वा
हाम्रो समझ
मस्तिष्क भन्दा पनि
अरु नै केही भिन्न तरिकाको आवश्यकता
सायद
शब्द आफैमा प्रश्न अनि
शब्द आफैमा जवाफ पनि ।।
यहाँ
जब शब्दलाई बिना रोक तोक
एक हृदय देखि अर्को हृदय सम्म
एक मान्छे देखि अर्को मान्छे सम्म
एक समझ देखि अर्को समझ सम्म
बिना ध्वनीको प्रसारमा
शुद्ध अत्यन्त शुद्धतम
रुपमा जब शब्द प्रसार होला
त्यस दिन
सबै कृतिम माध्यमहरु बन्द गराईएर
निस्फष्ट शून्य महा शून्य रुपमा
वार्तालाभ होला शुद्धसंग
दुई मनको
दुई मान्छेको
दुई जिवनको
र त्यहाँ
शब्द कोलाहलहरु बन्द हुनेछन
भाव शुद्ध रुपमा प्रकट हुनेछ्न
मानिस भित्र बाहिर एकै देखिनेछन
शिशुवत रुपमा कोमल ।।
म अक्सर कल्पिन्छु
सम्भव होला र
शब्द मन भएको बेला
मन कोलाहलमय भएको बेला
एक्लो
म , शब्द अनि शब्दजाल
यसै गरि वार्तालाभमा बस्छौं ।।
- सुवास