
कालिन्चोक, केबलकार अनि हिँउ
१ माघ २०७५, मंगलवार १९:१२
काठमाण्डुबासीहरु हरेक मौसममा गन्तब्यको खोजिमा रहन्छन्, मौसम अनुकुल गन्तबयहरु । गर्मीमा गर्मी छल्न नगरकोट अनि साँखुको हावा खान पुग्ने काठमाण्डुबासीहरु जाडोमा हिँउको खोजिमा शदियौं देखि दामन, फुल्चोकी अनि अहिले आएर कालिन्चोक कुरि बजारसम्म पुग्न थालेका छन् ।
पर्यटन प्रवर्धनको वर्षमा आन्तरिक पर्यटन प्रवर्धन गर्न हरे्क हिँउदमा कुरिको हिँउले ठूलो भूमिका खेलेको पाइन्छ । काठमाण्डुवाट ५ घण्टा जतिमा चरिकोट अनि उकालोसंगै शुरु हुन्छ हिँउको खोजि । अहिले त कालिन्चोक मन्दिर जान केवलकारको सुविधा पनि थपिएको छ, यसवर्ष हिँउमा प्रविधी पनि थपिएको छ । केवलकारले गर्दा कालिन्चोक अझै नजिक भएको छ । घण्टौं लगाएर उकालो चढेर पुग्नुपर्ने मन्दिर अब केही मिनटमै पुग्न सकिनेछ । अर्कोतर्फ मन्दिर जाँदाको रौनक, साहस अनि परिश्रम केवलकारले अलिक नमिठो बनाएको र यसले गर्दा समयको वचत भई तिर्थालुहरु कुरि बजारमा वास नबसि फर्कन सक्ने संभावना पनि बढेको स्थानीयको गुनासो छ ।
कालिन्चोक मन्दिर अनि कुरिको सौन्दर्य केहि घण्टामा भनें पत्तो चल्ने कुरा हैन्, त्यहाँको सूर्योदय र सूर्यास्त अद्भूत छ । लाइभमाण्डु का सदस्य बिजय धिताल यसवर्ष कालिन्चोक पुगेर फर्केका छन्, आउनुहोस् उन्का तस्वीर अनि भिडियोमा नियालौं कालिन्चोकलाई ।
यो वर्ष हिँउ कालिन्चोकमा अरु वर्ष झैं बाक्लो भनें छैन तथापि ससाना हिँउका थुम्काहरुमा एउटा गज्जब आभाष भनें कालिन्चोकले दिएको छ । अधिकतम कालिन्चोक जानेहरु भने यूवापुस्ता र दुईचक्केमा जाने पाइएको छ । काठमाण्डुवाट शुक्रबार अफिसमा केहि छिटो बिदा लिएर शनिवार उपयोग गर्न गएका हिँउका पारखीहरु आइतवार धेरैजसो कार्यालयमा हाजिर पनि देखिन्छन् भनें कोही सोमबारवाट हिँउका कथा सगांल्दै कार्यालय पुग्दछन् ।
रात बस्दा हल्का रुपमा लेक लागेको झैं पनि भएको धेरैको अनुभव छ । हिँउको थुप्रोको छेउ आगो बालेर तोङबाको स्वाद अनि लोकगीतको झुमाईमा कालिन्चोक हरेक साँझ गुञ्जायमान देखिन्छ । रेन फरेस्ट अर्थात अत्याधि वर्षाहुने जगंल माथि उभिएको कुरि बजारले हरेकको खुशीको खोजलाई एउटा गन्तव्य दिएको छ है ।
आजको यस आलेखलाई हामीले नाम दियौं, कालिन्चोक, केवलकार अनि हिँउ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा