
सीताको निधनः तथ्य र कविता
कल्पना गरौं न कि यदि रामायण लेख्ने लेखक महर्षि बाल्मिकी आज हामीमाझ भएको भए उनि कति खुशी हुन्थे होलान् ? हजारौ वर्ष पहिले उन्ले मसि चोपेका ग्रन्थ आज पनि संसारभरि महिमा, स्तुति र मुक्तकण्ठले पढ्ने र पढाउने गरिन्छ । रामायणका हरेक चरित्र र तिनको वर्णन पुजनीय भइसकेको छ । बाल्मिकी यस युगका एउटा महान लेखक अनि इतिहासकार हुन् । सीतारानीको वेदना देखि रामको पुरुस्वार्थसम्म यिनले रामायणमा यति जीवन्त यतारे कि आज पनि रामायण हृदयको सिंहासनमा जीवीत छ ।
रामायणको एउटा प्रसँग छ जुन आज लाईभमाण्डु मार्फत म यहाँहरु समक्ष ल्याउन चाहन्छु । धेरै प्रकारका कथाहरु जोडिएका छन् कि सीताको निधन कसरी भयो भन्ने बारेमा, धर्ति फाटेको र सीता त्यही धर्ति भित्र समाहित भएको आदि ईत्यादि धेरै कथा कहानीहरु छन् ।धेरै धर्मका दलाल या ठेकेदारहरुले सीतारानीको मृत्युलाई रामको पुरुषतत्व, दम्भ अनि पितृसत्तात्मक तथ्यसंग जोड्दै समग्र रामायणको चरितार्थ र ज्ञानमै प्रश्न उठाउन थालेका छन् जुन विल्कुलै गलत र पापी कुरा हो । रामायण सीताको पात्र वरपर घुमेको छ र यस्का हरेक संयोगहरु सीतारानीको मर्यादा अनि अवस्थितीसंग घुल्न जान्छन् ।
ब्यक्तिगत तथ्य र खोज थोरै जोड्न चाहे यस विषयमा । जनकपुर नजिकै घर भएकले पनि रामायण र यिनका कथाहरुको स्तोत्र समीपमा म हुर्किएको हुँ, यसै परिवेशमा मेरा ज्ञानहरु साट्न चाहन्छु । भारतको बिहारमा एउटा ठाँउ छ, सितामणी, सीताको जन्म त्यसै ठाँउमा भएकाले ठाँउको नाम सीतामणी राखिएको बिश्वास गरिन्छ । जनक राजाले हलो जोतेर सीता रानीलाई त्यसै ठाँउको धर्तीमा पाएकाले ठाँउको नाम सीतामणी भएको कथन पनि छ । सीतामणी बाट नेपालको जनकपुर करिब ३९ किलोमिटर पर पर्दछ । सीतामणी शहर भन्दा ६ किलोमिटर पर एउटा सानो गाँउ छ, पुनवरा । संसारको सबैभन्दा पहिलो सीतामन्दिर त्यसै ठाँउमा छ , संसारमा न भने राम या हनुमान मन्दिर धेरै छन् तथापि प्रथम नारीप्रधान सीतामन्दिर पुनवरामै छ ।
एउटा विवाद भने संसारमा सधै चलिरहने छ र त्यो हो कथा लेखियो र पात्रहरु त्यसैअनुसार परिकल्पना गरियो र कल्पनागत पात्रहरुनै सजिव भएर राम र सीताका कुराहरु भएका हुन् । या पहिले पात्र र पृष्ठभूमि अनुरुप कथा लेखिएको हो भन्ने रजानकी मन्दिरको उचाई अनि गजुर र आस्थामा सीतारानी अनि रामराजाका पिरती अनि सघंर्षका तथ्यहरुले वयान दिएका छन् । आज पनि त्रेतायुग जनकपुर देखि अयोध्यासम्म जिवीत छ,। विश्वमा जीवित छ । यूट्यूबमा पनि सर्वाधिक हेरिएका भजनहरु आज पनि रामसीता संगै समबन्धीत पाइन्छन् । राम र सीतारानीको जीवनले हजारौं पुस्तालाई ज्ञान अनि मानवतालाई नयाँ अध्याय दिएर गएको छ । तथापी एउटा कुरा अझै अन्यौलमा छ कि रामायणमा सीताको निधन कसरी भयो भन्नेमा , आज म भने यहाँहरुसमक्ष एउटा आधुनिक अन्तरगंका रुपमा सीताको निधनको विषयगत केही कुराहरु कविताका रुपमा ल्याउन चाहन्छु ।
सीताको मृत्युमा रामको अदालतलाई दोषी करार दिइएको छ तर रामलाई दोषी देख्नेहरुले त्यसो गरेर नारीवादलाई जीवन्त तुल्याउने अनि राजाको मर्यादालाई पनि सम्वोधन गर्ने राजा रामलाई चिन्न सकेनन् । राम एउटा पतिका साथै राजा पनि त थिए र जनताको प्रश्नको उत्तर र मर्यादा उन्ले राख्न जरुरी पनि थियो । रामायणमा सीता सबैभन्दा वलियो पात्र लाग्दछ, मलाई त । रावणसंग भयभित नभई आफ्नो निर्णयमा अडिग रहने देखि वनवासमा पनि आफैं जान्छु भनेंर ढिप्पी गर्ने सीता कतहि पनि कमजोर पाइन्न ।
भारतका एकजना इतिहासबीध, कवी एवं अध्यनशील ब्यक्तित्व राम बर्माले रामायनलाई एउटा नयाँ स्वरुपमा लेखन गरेका छन् । भगवानको महिमालाई छोट्याँउदै बास्तवीक रुपमा रामायनको सामाजिक चित्रण गरेका बर्मा उत्तिकै विवादमा समेत रहेका छन् यसै कार्यको कारणले गर्दा । बर्माले रामायणलाई इतिहासको बास्तवीक टुक्राहरुजस्तै केस्रा केस्रा केलाएर प्रस्तुत गरेका छन् ।
आउनुहोस यिनै राम बर्माले लेखेका सीताको मृत्यु विषयक कवितालाई जिव नेपाली रुपान्तरण दिन चाहयौ आज हाम्रो यो शास्त्रार्थ संस्करणमा ।
सीताको निधन : राम बर्मा
सीतालाई स्वप्न आयो एकरात
उनी पर्खिरहेकिछिन खोलाको यो पार
र राम उभिएका छन् खोलाको अर्कोपार
राम बोलाउँदैछन् उनलाई
एउटा ध्वनी गुञ्जन भयो, सीते सीते आवाज रामको
उनलाई जान मन छ, खोला तरेर
तर देखिएन कुनै एउटा नाँऊ
संभव थिएन पार गर्न
तर बिछट्टको साहसका साथ
सीता लागिन पानी भित्र
खोलालाई याचना गरिन
देखिन राम
छन् खोला पार एउटा पहाडमाथि
अचानक खोला बिलायो
सीता निश्चयका साथ पाईला चालिरहेछिन्
पाइला धस्न थाल्यो दलदलमा
निर्जन ठाँउमा एक्ली सीता रामलाई पुकारिरहेछिन
अब त राम कतै देखिन पनि छाडे
सुस्त स्वरमा बोलिन् राम कता हुनुहुन्छ रु
राम छेउमा आएर एक्कासी
अब सँगै दुबै प्राणी साथ कदम चलाँउदै
अब सीतालाई भय छ कतै पहाड नलडोस दुबैमाथि
तथापि निश्चिन्त चलिरहेका छन् राम , हिनीरहेछन राम
हल्ल्का मुस्कान छ मुखमा रामको
सीता भाग्न चाहन्छिन त्यहाँवाट
तानिरहेछिन रामलाई
तर लाग्यो पग्लिरहेछ उनका गोडाहरु
कराउन चाहन्छिन जोडजोडले तर आवाज हराए झर्दै गरेका पहाडको गर्जनभित्र
रामले उठाए सीतालाई अगांलोमा
सपनामा हातखुट्टा चलाएकी सीतालाई
साक्षात रामले उठाउन प्रयास गर्दा
आधा खुलेको आँखाले सीताले हेरिन
शायद सुनिन या सुनिनन् रामको संबोधन
सीते, सीते, सीते राम भनिरहे
सीताको ज्यान चिसो भयो, मुटु रोकियो
रक्तसंचार ठप्प भयो, आँखा सुन्ने भए
त्यसपछि सीता कहिल्यै उठिनन्
त्यसपछि सीता कहिल्यै उठिनन्
-सुयोग ढकाल